ओमिक्रोनका कारण ‘ग्रामी अवार्ड शो’ स्थगित

काठमाडौं । जनवरीमा अमेरिकामा तय भएको ६४औं संस्करणको ‘ग्रामी अवार्ड शो’ कोरोना भाइरसको तेस्राे भेरियन्ट ओमिक्राेनका कारण कारण सरेको छ । आयोजक रेकर्डिङ एकेडेमी एण्ड सीबीएसले एक विज्ञप्ती जारी गर्दै ओमिक्रोन भाइरसको संक्रमणले धेरै जोखिमको अर्थ राख्ने भएकाले हालका लागि स्थगित गरिएको जनाएको छ ।
संगीतको ठूलो उत्सवको रुपमा लिइने यो अवार्ड ३१ जनवरीमा लसएञ्जल्समा हुँदै थियो । आयोजकले यसको अवार्ड कार्यक्रमको नयाँ मिति चाँडै सार्वजनिक गरिने जनाएकाे छ । ‘स्वास्थ्य र संगीत समुदायको सुरक्षा, प्रत्यक्ष दर्शक तथा सयौं कामदार हाम्रा प्रमुख प्राथमिकता हुन्,’ आयोजकले भनेकाे छ ।
यस वर्षको अवार्डको मनोनयनमा जाज किबोर्डिष्ट जोन बटिस्टे सर्वाधिक ११ विधाको मनोनयनमा परेका छन् । केही समय अघि ‘सनडान्स फिल्म फेस्टिभल’ पनि ओमिक्रोन भाइरसको बढ्दो संक्रमणका कारण रद्ध गरिएको थियो । आयोजकले अब फेस्टिभलका लागि अनलाइनबाट नै फिल्मको प्रिमियर तथा कार्यक्रम गर्ने जनाएको छ ।
















नेप्सेमा झिनो अंकको गिरावट
वीरगञ्जमा नबिल निःशुल्क जलन शिविरमा १५० जनाले लिए परामर्श तथा उपचार
वल्र्ड इकोनोमिक फोरमको ‘युनिकर्न कम्युनिटी’ मा इनड्राइभ आवद्ध
गगन, विश्वप्रकाश र पूर्णबहादुरबीच भेटवार्ता
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया