जनप्रतिनिधि र कर्मचारीकै सेटिङमा ठेक्का

सिरहा । सिरहाको विष्णुपुर गाउँपालिकाका जनप्रनिधि र कर्मचारीकै सेटिङमा विकास निर्माणका ठेक्का लागेको पाइएको छ । पालिकाले १६ मंसिरमा निकालेको विभिन्न निर्माणका सूचनामा सीमित ठेकेदारलेमात्र फर्म दर्ता गराउन पाउनुले यसको पुष्टि गरेको हो ।
फर्म दर्ता गराएका ठेक्केदार कम्पनीसँगको निश्चित कमिशन कर्मचारी र जनप्रतिनिधिले लिने सर्तमा फर्म बुझेको ठेकेदारहरुकै आरोप छ । जुन कम्पनीसगँ बार्गेनिङमा कुरा मिलेन उनीहरुको फाइल प्रशासकीय अधिकृतको टेवलमा पुग्दासमेत दर्ता नगरेको राज कन्ट्रक्सनका प्रतिनिधि लव महतोले बाताए ।
उनलेभने, ‘मैले आफै फाइल लिएर सययमै प्रशासकीय अधिकृतको टेवलमा पुर्याए । तर, समय सकिएको भन्दै प्रशासकीय अधिकृत रविन्द्रकुमार महतले फर्काइदिनुभयो ।’ फर्काउने क्रममा प्रशासकीय अधिकृत महतले ‘तल साथीहरु छन्, त्यहीँ बसेर मिलाएर आउनुस्’ अनि ‘फाइल लिने नलिने भनौंला’ भन्दै फर्काएको उनले बताए । महताेले तल केही ठेकेदार बसेर तालमेल गरिरहेको पछिमात्र थाहा पाएकाे बताए ।
बिष्णुपुरले १६ मंसिरमा वडा न ५ लक्ष्मीपुर चाेकदेखि अर्नामाको सीमासम्मको सडक कालोपत्रे, जमुवाटोल देखि खोरियाटोल हुँदै नरहा गाउँपालिकाकाे सीमा सम्मको सडक स्तरउन्नति र लक्ष्मीपुरदेखि थलहाकटहा कालोपत्रे सडक मर्मतका लागि टेन्डर आव्हान गरेको थियो ।
सोही सूचनाको आधारमा करिव ५० वटा कन्सट्रसनले फर्म खरिद गरेका थिए । प्रतिफर्म बुक ३ हजारको दरले खरिद गरे पनि ५ वटा कन्सट्रसनको मात्र फर्म दर्ता भएको छ ।
पालिकाले प्रकाशन गरेको सूचनामा योजनाको विनियोजित रकमसमेत उल्लेख गरेको छैन । सेटिङकै लागि गाउँपालिकाले योजनाको रकम उल्लेख नगरेको जानकार बताउँछन्
कुनै पनि योजनाको सूचना प्रकाशन गर्दा कामको प्रकृति र त्यसको लागत मूल्य प्रकाशन गर्नुपर्ने प्रावधान छ । तर, पालिकाले प्रावधान मिचेर सेटिङकै लागि रकम उल्लेख गरेका छैनन् ।
तोकिएका योजनाको लागि शिवम कन्सट्रसन, मनी निमार्ण सेवा, आर्दश निमार्ण सेवा , कुशवाहा ब्रोदर्श इनिजिनियर्सले फर्म दर्ता गराएको छ । दर्ता भएका फर्मको पनि कागजात पूर्ण नरहेकाले कुन योजना कसलाई परेको भन्ने प्रशासकीय अधिकृतले बताउन चाहेनन् । उनलाई फोनमा सम्पर्क गर्दा आफू कार्यालय बाहिर भएकाले कुन योजना कसलाई परेको हो भन्न सकिने अवस्थामा नरहेको बताए ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया