नौ जिल्लाका सिडियो फेरिए

काठमाडौं । गृह मन्त्रालयले नौ जिल्लाको प्रमुख जिल्ला अधिकारी (सिडियो) सरुवा गरेको छ ।
बाँके, सुर्खेत, कैलाली, सहित विभिन्न नौ जिल्लामा गृह मन्त्रालयले सिडियो सरुवा गरेको हो ।
गृह स्रोतकाअनुसार माधवप्रसाद ढुंगानालाई इलाम, बाबुराम अर्याललाई बझाङ, परमानन्द घिमिरेलाई रुकुम पश्चिम, उपेन्द्र राज पौडेललाई बाजुरा, दीर्घराज उपाध्यायलाई दार्चुला, दिलकुमार तामाङलाई ओखलढुंगा, छविलाल रिजाललाई झापा, खगेन्द्र प्रसाद रिजाललाई सुर्खेत र रमेश ढकाललाई बाग्लुङको प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।
गृहमन्त्रालयले गृहमन्त्रालयमै कार्यरत तीन उपसचिव र एक सहसचिवसहित नौ जनालाई विभिन्न जिल्लाको सिडियो बनाएको हो ।
यस्तै, अन्य पाँच जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारी सरुवा गरिएको गृह स्रोतले जनाएको छ ।
यसैबीच, गृहमन्त्री बालकृष्ण खाँडले केन्द्रीय सुरक्षा समितिका पदाधिकारीहरुसँग छलफल गरेका छन् ।
मन्त्री खाँडले समसामयिक सुरक्षाको अवस्था र आगामी दिनका सुरक्षाका चुनौतिका विषयमा छलफल गरेका हुन् ।
बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै गृहमन्त्रालयका सह सचिव प्रदीपकुमार कोइरालाले बैठकमा राष्ट्रिय सभाको निर्वाचन तथा आसन्न स्थानीय निर्वाचनमा गरिने सुरक्षा तयारीको विषयमा समेत अध्यावधिक छलफल भएको बताए ।
उनले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको सुरक्षा व्यवस्था र केही द्वीपक्षीय सुरक्षाका विषयमा पनि छलफल भएको जानकारी दिए ।
सहसचिव कोइरालाले बैठकमा सुरक्षाको बिस्तृतिकरणको विषयमा पनि छलफल भएको बताए ।
को कहाँ सरुवा ?


















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया