नौ जिल्लाका सिडियो फेरिए

काठमाडौं । गृह मन्त्रालयले नौ जिल्लाको प्रमुख जिल्ला अधिकारी (सिडियो) सरुवा गरेको छ ।
बाँके, सुर्खेत, कैलाली, सहित विभिन्न नौ जिल्लामा गृह मन्त्रालयले सिडियो सरुवा गरेको हो ।
गृह स्रोतकाअनुसार माधवप्रसाद ढुंगानालाई इलाम, बाबुराम अर्याललाई बझाङ, परमानन्द घिमिरेलाई रुकुम पश्चिम, उपेन्द्र राज पौडेललाई बाजुरा, दीर्घराज उपाध्यायलाई दार्चुला, दिलकुमार तामाङलाई ओखलढुंगा, छविलाल रिजाललाई झापा, खगेन्द्र प्रसाद रिजाललाई सुर्खेत र रमेश ढकाललाई बाग्लुङको प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।
गृहमन्त्रालयले गृहमन्त्रालयमै कार्यरत तीन उपसचिव र एक सहसचिवसहित नौ जनालाई विभिन्न जिल्लाको सिडियो बनाएको हो ।
यस्तै, अन्य पाँच जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारी सरुवा गरिएको गृह स्रोतले जनाएको छ ।
यसैबीच, गृहमन्त्री बालकृष्ण खाँडले केन्द्रीय सुरक्षा समितिका पदाधिकारीहरुसँग छलफल गरेका छन् ।
मन्त्री खाँडले समसामयिक सुरक्षाको अवस्था र आगामी दिनका सुरक्षाका चुनौतिका विषयमा छलफल गरेका हुन् ।
बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै गृहमन्त्रालयका सह सचिव प्रदीपकुमार कोइरालाले बैठकमा राष्ट्रिय सभाको निर्वाचन तथा आसन्न स्थानीय निर्वाचनमा गरिने सुरक्षा तयारीको विषयमा समेत अध्यावधिक छलफल भएको बताए ।
उनले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको सुरक्षा व्यवस्था र केही द्वीपक्षीय सुरक्षाका विषयमा पनि छलफल भएको जानकारी दिए ।
सहसचिव कोइरालाले बैठकमा सुरक्षाको बिस्तृतिकरणको विषयमा पनि छलफल भएको बताए ।
को कहाँ सरुवा ?















६४ दलले बुझाए समानुपातिकको बन्द सूची
बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
कञ्चनपुरमा सवारी दुर्घटना न्यूनीकरणका लागि ‘ब्ल्याक स्पोट’ बोर्ड
शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
प्रधानमन्त्री कार्कीसँग पूर्वप्रधानमन्त्रीहरु देउवा, ओली र प्रचण्डकाे बैठक जारी
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
प्रतिक्रिया