राजनीतिलाई पैसा कमाउने माध्याम बनाए : अध्यक्ष लिङ्देन

कैलाली । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा लोकतन्त्रलाई लुटतन्त्र परिणत भइरहेको आरोप लगाएका छन् । बिहीबार धनगढीमा आयोजित पार्टीको प्रदेश स्तरीय आम सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
अहिलेका ठूला दलहरु लुटतन्त्रको विरोध गर्दा आतिएर राप्रपा प्रतिगमनको प्रचार गरिरहेको बताए । अहिलेका राजनीतिक दलले देश लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाइरहेको उनको आरोप छ । राप्रप लोकतन्त्रप्रति पूर्ण वफादार भएको उनले बताए ।
‘राप्रपा लोकतन्त्रप्रति पूर्ण बफादार रहेको छ, तर लोकतन्त्र र गणतन्त्रको नाममा भइरहेको लुटतन्त्र सहेर बस्नेवाला छैन,’ उनले भने । कांग्रेस र कम्युनिष्ट मिलेर देशलाई ३३ वर्षदेखि बन्धक बनाएको उनको आरोप छ ।
‘यसो सबै तिर हेर्दा सामान्य जस्तो लाग्छ, प्रदेशस्तरी सभालाई सम्बोधन गर्दै उनले भने । ‘सामान्य अवस्था छैन, ३३ वर्षदेखि देश कांग्रेस, कम्युनिष्टको हातमा बन्धक छ,’ उनले भने, ‘कांग्रेस र कम्युनिस्टको विकल्प खोज्न आवश्यक भएको छ, अब हुने स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा जनताले राजनीतिक दलसँग बदला लिने मौका आएको छ ।’
उनले राजसंस्था र हिन्दूराष्ट्र देशको आवश्यकता रहेको दाबी गरे । ‘हामीले देशको लागि राजतन्त्र र हिन्दु राष्ट्रको कुरा उठाएको हो’, उनले भने, ‘भोटको लागि होइन ।’
‘राजनीतिलाई पैसा कमाउने सजिलो माध्याम बनाएका छन्’, उनले भने, ‘भ्रष्ट्राचार माथिदेखि तलसम्म संस्थागत भएर गएको छ ।’
भष्ट्राचार भएको काण्डहरु ललिता निवास जग्गा प्रकरणदेखि वाइडबडीसम्म देशका सबै ठूला राजनीति दलहरुको संलग्ता रहेको उनको भनाई छ । ‘यो भष्ट्राचार काण्डमा निर्णय गर्ने ठाउँमा प्रधानमन्त्री, मन्त्रीहरुलाई कारबाहीबाट चोखिने र चोख्याउने काम भइरहेको छ’, उनले भने ।
अहिले केही कर्मचारीहरुलाई कारबाहीको नाटक गरेर राजनीतिक दलका नेताहरुलाई उन्मुक्ति दिने काम भइहरहेको उनले बताए ।













चितवनमा थपिए ३४ मतदान केन्द्र
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
कञ्चनपुरमा सवारी दुर्घटना न्यूनीकरणका लागि ‘ब्ल्याक स्पोट’ बोर्ड
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रधानमन्त्री कार्कीसँग पूर्वप्रधानमन्त्रीहरु देउवा, ओली र प्रचण्डकाे बैठक जारी
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
प्रतिक्रिया