राजनीतिलाई पैसा कमाउने माध्याम बनाए : अध्यक्ष लिङ्देन

कैलाली । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा लोकतन्त्रलाई लुटतन्त्र परिणत भइरहेको आरोप लगाएका छन् । बिहीबार धनगढीमा आयोजित पार्टीको प्रदेश स्तरीय आम सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
अहिलेका ठूला दलहरु लुटतन्त्रको विरोध गर्दा आतिएर राप्रपा प्रतिगमनको प्रचार गरिरहेको बताए । अहिलेका राजनीतिक दलले देश लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाइरहेको उनको आरोप छ । राप्रप लोकतन्त्रप्रति पूर्ण वफादार भएको उनले बताए ।
‘राप्रपा लोकतन्त्रप्रति पूर्ण बफादार रहेको छ, तर लोकतन्त्र र गणतन्त्रको नाममा भइरहेको लुटतन्त्र सहेर बस्नेवाला छैन,’ उनले भने । कांग्रेस र कम्युनिष्ट मिलेर देशलाई ३३ वर्षदेखि बन्धक बनाएको उनको आरोप छ ।
‘यसो सबै तिर हेर्दा सामान्य जस्तो लाग्छ, प्रदेशस्तरी सभालाई सम्बोधन गर्दै उनले भने । ‘सामान्य अवस्था छैन, ३३ वर्षदेखि देश कांग्रेस, कम्युनिष्टको हातमा बन्धक छ,’ उनले भने, ‘कांग्रेस र कम्युनिस्टको विकल्प खोज्न आवश्यक भएको छ, अब हुने स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा जनताले राजनीतिक दलसँग बदला लिने मौका आएको छ ।’
उनले राजसंस्था र हिन्दूराष्ट्र देशको आवश्यकता रहेको दाबी गरे । ‘हामीले देशको लागि राजतन्त्र र हिन्दु राष्ट्रको कुरा उठाएको हो’, उनले भने, ‘भोटको लागि होइन ।’
‘राजनीतिलाई पैसा कमाउने सजिलो माध्याम बनाएका छन्’, उनले भने, ‘भ्रष्ट्राचार माथिदेखि तलसम्म संस्थागत भएर गएको छ ।’
भष्ट्राचार भएको काण्डहरु ललिता निवास जग्गा प्रकरणदेखि वाइडबडीसम्म देशका सबै ठूला राजनीति दलहरुको संलग्ता रहेको उनको भनाई छ । ‘यो भष्ट्राचार काण्डमा निर्णय गर्ने ठाउँमा प्रधानमन्त्री, मन्त्रीहरुलाई कारबाहीबाट चोखिने र चोख्याउने काम भइरहेको छ’, उनले भने ।
अहिले केही कर्मचारीहरुलाई कारबाहीको नाटक गरेर राजनीतिक दलका नेताहरुलाई उन्मुक्ति दिने काम भइहरहेको उनले बताए ।
















दोस्रो दक्षिण एसिया व्यापार मेला सुरु
SAARC Secretary General pays courtesy call on Minister Khanal
४९१ जना कैदीसहित हजारौँ अफगान शरणार्थी पाकिस्तानबाट स्वदेश फिर्ता
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा कालिकोटमा राहत वितरण
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
प्रतिक्रिया