बसले ठक्कर दिँदा दुई जनाको मृत्यु
मेरोन्यूज
२०७८ पुष २३ गते १०:२०
काठमाडौँ । सुनसरीको इटहरी उपमहानगरपालिका २० स्थित पानीपिया जंगलमा दुर्घटनामा परी गए राति दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा संखुवासभा खाँदबारी नगरपालिका ७ का २२ वर्षीय अबि राई र मोरङ सुन्दरहरैचा ५ का २७ वर्षीय सन्तोष राई रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।
कोसी लोकमार्गअन्तर्गत दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को २७ प २१९ नंको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १०२००१ ख ८१९६ नंको बसले ठक्कर दिँदा मोटसाइकलमा सवार दुवै जना गम्भीर घाइते भएका थिए ।
घाइते भएका उनीहरूलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकामा उपचारका क्रममा मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए ।
सवारीसाधन र बसचालक इटहरी ४ का ४४ वर्षीय टीकाराम चौधरी प्रहरीको नियन्त्रणमा छन् ।
सम्बन्धित
















SAARC Secretary General pays courtesy call on Minister Khanal
४९१ जना कैदीसहित हजारौँ अफगान शरणार्थी पाकिस्तानबाट स्वदेश फिर्ता
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा कालिकोटमा राहत वितरण
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
प्रतिक्रिया