खोरेत रोगको खोप खरिद प्रक्रिया रद्ध

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हालै (एफएमडी) खोरेत रोगको खोप खरिदका लागि आह्रवान गरेको टेन्डर प्रक्रिया रद्ध गर्ने भएको छ ।
नेपाल पशुधन क्षेत्र नवप्रवर्तन परियोजनाका डा केशब भट्टले शुक्रवार नै प्रक्रिया रद्द गर्ने गरी तयारी अन्तिम चरणमा पुगेको बताए ।
उनका अनुसार मन्त्रालयले टेन्डर आह्रवान गरेपछि दुई कम्पनीले टेन्डर हालेका थिए । तर ति कम्पनीले पनि तोकिएको मुल्य भन्दा बढीमा हालेपछि बोल पत्र आवहान तत्काललाई रद्द गर्ने निर्णयमा मन्त्रालय पुगेको हो ।
मन्त्रालयले आवश्यकता अनुसार अव पूनः नयाँ प्रक्रियामा जाने गरी तयारी गर्ने पनि भट्टले जानकारी दिए ।
यो खोप जुनसुकै देशका कम्पनीहरुले पनि खरिद गर्न टेन्डर हाल्न पाउने गरी खुलाइएको थियो । पशुको मुख र खुट्टामा खोरेत को संक्रमण देखिन्छ । सरकारले नेपालमा २०३० सम्ममा खोरेत उन्मुलन गर्ने लक्ष्य राखेको छ ।
खोप आयातकर्ता कम्पनीहरुले सरकारले महँगो मुल्यमा खरिद गर्न लागेको भन्दै बिरोध गरेका थिए ।
















FNCCI new leadership assumes office
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
दोस्रो दक्षिण एसिया व्यापार मेला सुरु
SAARC Secretary General pays courtesy call on Minister Khanal
४९१ जना कैदीसहित हजारौँ अफगान शरणार्थी पाकिस्तानबाट स्वदेश फिर्ता
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
प्रतिक्रिया