शुक्रबार, वैशाख २५, २०८३

बेथानचोकमा नागरिक आरोग्य सेवा केन्द्र खुल्ने

मेरोन्यूज २०७८ पुष २३ गते १२:१०


काठमाडौं । बेथानचोक गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र खुल्ने भएको छ । कृषिमा अर्गानिक र स्वास्थ्यमा आयुर्वेदिक स्वास्थ सेवाको क्रेज बढन थालेको बेला जिल्ला आयुर्वेदिक स्वास्थकेन्द्र र बेथानचोक गाउँ पालिका बीच शाखा कार्यालय राख्ने सहमतिसहितको निर्णय भएको हो ।
अब माघको दोस्रो सातादेखि नरदेवी र सिंहदरबार बैद्यखानाको सेवा बेथानचोकमा पाइने भएको हो ।

Advertisement
NiccNicc

केन्द्रका प्रमुख डा मनोज चौधरी ,कबिराज रमेश पनेरु बेथानचोक गाउँपालिकाका प्रमुख प्रेमबहादुर तिमल्सिना लगायतको उपस्थितिमा बेथान चोकमा नागरिक आरोग्य सेवा केन्द्र खोल्ने सहमति भएको थियो ।

प्रतिक्रिया