सोमबार, वैशाख १४, २०८३

संसद् बैठक सञ्चालन गराउन पहल गर्ने सत्तारूढ संयन्त्रको निर्णय

मेरोन्यूज २०७८ पुष २३ गते १३:३०

काठमाडौं । सत्तारूढ गठबन्धनमा आबद्ध दलका नेता सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रले संसद् बैठक नियमित सञ्चालनका लागि पहल गर्ने निर्णय गरेको छ ।

Advertisement
NiccNicc

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थिति तथा समितिका संयोजक रामचन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले अवरूद्ध संसदलाई सुचारू गराउनका निम्ति पहल गर्ने निर्णय गरेको हो।


को सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकले राष्ट्रियसभा सदस्य निर्वाचनमा सत्ता गठबन्धनका उमेदवारहरूलाई जिताउन सातवटै प्रदेशमा गठन गरिएको संयन्त्रलाई प्रभावकारी रूपमा परिचालन गर्ने निर्णय भएको बताए ।

राष्ट्रियसभाको निर्वाचनमा केन्द्रित भएर बैठकमा छलफल भएको कार्कीले जानकारी दिए ।

प्रतिक्रिया