मानहुँकोटमा पनि बतासको नजर

तनहुँ । तनहुँको व्यास नगरपालिकाको बिहीबार बसेको कार्यपालिका बैठकको निर्णय सार्वजनिक भएसँगै जिल्लामा तरङ्ग पैदा भएको छ ।
कार्यपालिका बैठकको निर्णय सार्वजनिक गर्न जारी प्रेस विज्ञप्तिको पाँचौँ बुँदाले तरङ्ग पैदा गराएको हो ।
पाँचौँ बुँदामा लेखिएको छ– मानहुँकोट पर्यटन प्रबद्र्धनका लागि निजी साझेदारी ऐन अनुसार व्यास हिल्स प्रालिबाट प्राप्त प्रस्तावलाई गण्डकी प्रदेश नीति तथा योजना आयोगसँग आवश्यक परामर्श गरी सम्बन्धित् प्रस्तावकलाई प्रस्ताव थप स्पष्ट हुने गरी प्रस्तुत गर्न लगाई सम्झौताको आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरियो ।
यो निर्णयले तंरग ल्याउनुको कारण हो, व्यास हिल्स प्रालि बतास समूहले खडा गरेको कम्पनी भएकाले । बतास समूह पछिल्लो समय निकै विवादित छ ।
बतासले खडा गरेको व्यास हिल्सले व्यास नगरपालिका–५ मानहुँकोटमा रहेको सार्वजनिक जग्गा ५० वर्षका लागि भाडामा लिने प्रस्ताव गरेको नगर प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए ।
व्यास–५ का वडाध्यक्षसमेत रहेका श्रेष्ठका अनुसार व्यास नगरपालिकाले बनाएको भ्युटावरभन्दा तलपट्टिको ५० रोपनी सार्वजनिक जग्गा भाडामा लिन खोजेको छ । जुन जग्गा दमौली बजारतर्फ फर्किएको छ । बतासले मानहुँकोटको निजी जग्गासमेत खरिद गरिसकेको चर्चा चल्न थालेको छ ।
गत वर्षदेखि चर्चामा आएको मानहुँकोटमा बतासको आँखा लागेको छ । बतासको व्यास हिल्सले मानहुँकोटमा चार अर्ब २३ करोड रुपैयाँको लगानी प्रस्ताव पेस गरेको श्रेष्ठले बताए ।
‘पाटनबाट मानहुँकोटसम्म केबलकार, जिपलाइन चलाउने, मानहुँकोटमा सिसाको पुल, होटल रेष्टुरेन्ट चलाउन खोजेको छ । जग्गाको मासिक भाडा बुझाउनेसँगै आम्दानीको पाँच प्रतिशत रोयल्टी बुझाउने गरेर प्रस्ताव पेस भएको छ’, उनले भने ।
बतासको व्यास हिल्सले गत वर्ष नै मानहुँकोटमा रिसोर्ट लगायतका परियोजना बनाउन पेस गरेको प्रस्ताव स्वीकृत गरेर अगाडि बढाउने निर्णय बिहीबार मात्र गरिएको हो । बतासले प्रस्ताव पेस गरे पनि भाडामा दिनेबारे प्रदेश र संघीय सरकारसँग अनुमति लिनुपर्ने उनले बताए ।
बतासले तनहुँमै कृषि सामग्री कम्पनी लिमिटेड दमौलीको जग्गा पनि भाडामा लिएको छ । उसले जग्गा भाडामा लिएवापत बुझाउनुपर्ने २५ लाख रुपैयाँ भन्दा बढी भाडा नतिरेको पाइन्छ ।
कम्पनीको दमौली बजारमा रहेको ६ हजार ९६२ वर्गफिट जग्गा भाडामा लिएर ४२ वटा सटर बनाई बतासले भाडामा लगाएको छ ।
३० असार २०७४ मा सम्झौता गरेर पाँच बर्षका लागि जग्गा भाडामा लिएको बतासले गत आर्थिक बर्षको भाडा २६ लाख ६० हजार ६३९ रुपैयाँ बुझाएको छैन । दमौलीको जग्गा भाडा कृषि सामग्री कम्पनी लिमिटेड पोखराले बुझ्ने गर्दछ ।
आर्थिक बर्ष २०७७÷७८ असार मसान्तसम्म दमौलीको जग्गा भाडा मात्र बतासले २७ लाख ३५ हजार ३३९ रुपैयाँ बुझाउनुपर्ने थियो । समयममै भाडा नबुझाएपछि दुई लाख २५ हजार ३०० रुपैयाँ विलम्ब शुल्क लागेको छ ।
जग्गा भाडा र विलम्ब शुल्क गरेर २९ लाख ६० हजार ६३९ रुपैयाँ मध्ये तीन लाख रुपैयाँ मात्र यो आर्थिक बर्षमा बतासले बुझाएको कृषि सामग्री कम्पनी लिमिटेड पोखराका एक कर्मचारीले बताए ।
‘कोरोनाले व्यवसाय धरासयी भएकाले भाडा बुझाउन सक्दैनौँ भनेर पटक–पटक बतासले पत्रचार गरिहेको छ । हामीले पनि भाडा तिर्न ताकेता गर्दै पत्र पठाईरहेका छौँ । तर भाडा बुझाउदैँ ’, ती कर्मचारीले भने ।
चालु आर्थिक बर्षको मंसिरसम्मको पनि ४५ हजार ५०० रुपैयाँ विलम्ब शुल्क बुझाउन बाँकी रहेको उनले जानकारी दिए । हरेक महिनाको ५ गतेभित्र भाडा बुझाउनुपर्ने हुन्छ । भाडा ५ गतेभित्र नबुझाएमा दिनको एक सय रुपैयाँका दरले विलम्ब शुल्क लाग्ने जनाइएको छ । कार्यालयका ती कर्मचारीका अनुसार बतासले कृषि सामाग्री कम्पनी लिमिटेड पोखरालाई बुझाउनुपर्ने अघिल्लो आर्थिक बर्षको भाडा समेत बुझाएको छैन ।

(न्यूज कारखाना)

















भक्तपुरमा आजैदेखि मतगणना गरिने
काठमाडौं क्षेत्र नं ३ मा ९ बजे सर्वदलीय बैठकपछि मतगणना गर्ने तयारी
अमेरिकी आधारहरूमा आक्रमण बढाउँदै इरान
Iranian drones hit Azerbaijan airport, near school
Israeli strikes killed eight people in south Lebanon : state media
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
जतिसक्दो छिटो बहराइन, जोर्डन र इराक छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन
प्रतिक्रिया