रायमाझीले गरे मदन भण्डारीसँग ओलीको तुलना

अर्घाखाँची । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले एमाले अध्यक्ष ओलीलाई मदन भण्डारीसँग तुलना गरेका छन् ।
एमाले अर्घाखाँचीको जिल्ला अधिवेशनको उद्घाटन पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता रायमाझीले धेरै व्यक्तिहरूले एमालेको नेतृत्व गरेका भए पनि कि त मदन भण्डारीको चर्चा भएको र कि केपी ओलीको मात्र चर्चा भएको भन्दै केपी ओलीलाई मदन भण्डारीसँग तुलना गरेका हुन् ।
‘केपी ओली लामो समय जेल बस्नुभो,’ नेता रामाझीले भने– ‘पछि जेलबाट निस्किए पनि मुल नेतृत्वमा रहनुभएन । तर, चर्चा मदन भण्डारीको छ कि केपी ओलीकै छ ।’
नेता रायमाझीले प्रमुख प्रतिपक्षीका विरुद्ध आम गठबन्धन बन्नु सत्ताधारीको हारको उपज भएको बताए । कांग्रेस महाधिवेशनमा समेत ओलीको पक्षमा नाराबाजी भएको भन्दै रायमाझीले एमालेविरुद्ध चौतर्फी घेरावन्दी भए पनि आफूहरू ठिक ठाउँमा रहेको दाबी गरे ।
‘सत्तापक्षी पार्टीको अधिवेशन छ,’ नेता रायमाझीले भने, ‘तर चर्चा ओलीकै हुन्छ, भनेपछि देश एमालेकै वरिपरी घुमिरहेको छ ।’













चितवनमा थपिए ३४ मतदान केन्द्र
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
कञ्चनपुरमा सवारी दुर्घटना न्यूनीकरणका लागि ‘ब्ल्याक स्पोट’ बोर्ड
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रधानमन्त्री कार्कीसँग पूर्वप्रधानमन्त्रीहरु देउवा, ओली र प्रचण्डकाे बैठक जारी
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
प्रतिक्रिया