देउवा-ओली भेटवार्ता
बालकोट पुगेका देउवाले ओलीसँग एकघण्टा के गरे छलफल ?
प्रधानमन्त्रीसँगको छलफल कस्तो भयो ? एमाले अध्यक्ष ओलीले यत्ति मात्र भने, -‘राम्रो भयो।’

काठमाडौं । प्रधानमन्त्री शेरवहादुर देउवा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओली भेटन ओलीको भक्तपुर बालकोटस्थित निवासमा विहान १० वजेर १० मिनेटमै पुगेका थिए । अघिल्लो दिन नै सत्ता गठवन्धन दलले निर्माण गरेको उच्चस्तरीय राजनीतिक संन्यत्रले प्रधानमन्त्री देउवालाई ओलीसँग निर्णायक सम्वादका लागि छलफल गर्ने अख्तियार दिएपछि देउवा ओली भेटन बालकोट पुगेका थिए ।
बालकोटमा प्रधानमन्त्री आउने भएपछि ओली स्वागतका लागि निवासको तलै बसेका थिए । ओलीले आफनो निवासमा प्रधानमन्त्रीलाई स्वागत गरेपछि ओलीले प्रधानमन्त्रीलाई शुरुमै सन्चो विसन्चो सोधे ।
गठवन्धनकै नेता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण पुष्टि भएको सन्र्दभमा कन्ट्याक्ट टेसिडमा प्रधानमन्त्री पनि थिए । दुई दिन यता प्रधानमन्त्रीसँग माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग देउवाको निरन्तर भेटघाट भईरहेको थियो । तर शुक्रवार साँझ गरिएको परिक्षणमा प्रचण्डलाई कोभिड पोजेटिभ देखिएको सन्र्दभमा ओली भेटन देउवा बालकोट पुगेका थिए ।
भेटमा ओलीले प्रधानमन्त्रीलाइृ सच्चै हुनुहुन्छ भनी सोधेर कुराकानी शुरु भएपछि झण्डै एक घण्टा दुई नेताका वीचमा वान अन वान छलफल भयो । शुरुमा सामान्य भलाकुसरी सन्चो विसन्चोवाट कुराकानी थालेका दुई नेताले त्यसपछि केही वेर प्रचण्डलाई कोभिड भएको चर्चा देखि प्रचण्डले सरकार चलाउन सहज रुपमा देउवालाई दिएका छन त रु भन्ने सम्ममा ओलीले जिज्ञासा राखेका थिए ।
प्रचण्डको स्वभाव सरकारलाइृ सहज रुपमा चल्न नदिने यस अगाडी देखि नै रहेको र गठबन्धनमा भागवन्डाको मात्र खोजी गरिरहेको भएकोले यसपटक तपाईलाइृ सत्ता सञ्चालनमा कतिको सहज छ रु भन्दै ओलीले प्रधानमन्त्रीसाग जिज्ञासा राखेको एमाले अध्यक्ष ओलीको सचिवालयले बताएको छ । यधपी, यसवारेमा थप कुराकानी के भए भन्ने दुवै पक्षबाट कुनै खुलासा भएको छैन ।
एमालेले माधव नेपालहरुलाई सभामुखले कारवाही नगरेको र एमाले फुटाउन सरकारले पनि रातारात संसद वन्द गरेर अध्यादेश ल्याएको भन्दै असन्तुष्ट एमालेले संसद निरन्तर अवरोध गरिरहेको छ । एकातिर सभामुखले गर्ने काममा प्रश्न उठाउन नपाइने र अर्कोतिर त्यही विषय अदालतमा लिएर एमाले पुगेको बेला अदालतमा रहेको विषय संसदमा छलफल गर्न नपाइने विषयमा समेत एमालेले अत्तो थापेर अवरोध गरिरहेपछि प्रधानमन्त्री ओली भेटन पुगेका थिए ।
प्रधानमन्त्री भएपछि देउवा आफै प्रमुख प्रतिपक्षी दलका नेता ओलीलाई भेटन ओलीकै निवास वालकोट पुगेको यो पहिलो पटक हो । सत्ता गठवन्धन दलमा एमालेले निरन्तर संसदमा गरिरहेको अवरोध लगायतका अन्य साझा धारणा बनाउनु पर्ने विषयमा गरिरहेको असहयोग अन्त्य गरी सहमतिको खोजी प्रयास गर्ने उदेश्यले सत्ता गठवन्धन दलमा यस अगाडी देखि नै आवश्यक परे प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डले ओली निवासमै पुगेर भेट गर्ने गरी छलफल चलिरहेको थियो । हामी ओलीलाई भेटनै गएर भएपनि निकास खोज्ने प्रयासमा छौं भनेर प्रचण्डले केही समय अगाडी सार्वजनिक रुपमा बताएका पनि थिए, माओवादी महाधिवेशनका क्रममा ।
त्यसपछि वुधबार सत्ता गठवन्धन दलको राजनीतिक संन्यत्रका संयोजक रामचन्द्र पौडेलले पनि ओलीलाई बालकोट पुगेर संसदको जारी अवरोध खोल्न र एमसीसी पारित गराउन सहयोग गर्न आग्रह गरेका थिए । तर ओलीले प्रधानमन्त्रीले आफुसाग सल्लाह नै नगरेको बताएका थिए । त्यसपछि विहिवार र शुक्रवार दुई दिन सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संन्यत्रको वैठकमा पनि यस विषयमा छलफल भएको थियो ।
शुक्रवारको संन्यत्रको वैठकमा प्रधानमन्त्रीले नै ओलीलाई एक पटक भेटेर निर्णायक छलफल गर्ने निर्णय भएको थियो । त्यही निर्णयका आधारमा प्रधानमन्त्री देउवा ओली भेटन अहिले बालकोट पुगेका हुन् ।
तर भेटमा एक घण्टा छलफल हुँदा समेत दुवै पक्षले कुनै विषय खुलाएका छैनन । ओली निवासको प्रांगणमा उपस्थित पत्रकारले वार्ता कस्तो भयो भनेर सोध्दा एमाले अध्यक्ष ओलीले यत्ति मात्र भने, – राम्रो भयो।’
खासमा दुवै नेताले वार्ताबारे विस्तृत जानकारी दिएनन्। प्रधानमन्त्रीको सचिवालयले भने प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच संसदको गतिरोध हटाउनेबारे छलफल भएको बताएको छ। तर छलफलमा के यो भन्ने पूर्ण विवरण आईसकेको छैन ।















अष्ट्रेलियामा शरण मागेकी इरानी महिला फुटबल टोलीकी कप्तानले निवेदन फिर्ता लिइन्
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट
नेपाल फर्किन चाहने कुवेतमा रहेका नेपालीलाई साउदी अरब हुँदै फर्किन अनुरोध
मातृकाको सांसद पद जोगियो, किशोरीको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश
मौसममा पश्चिमी प्रणालीको प्रभाव: केही स्थानमा वर्षा र हिमपातको सम्भावना
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया