शुक्रबार, वैशाख २५, २०८३

नेपालमा थप ९४४ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा मात्रै ४८१ संक्रमित थपिए

मेरोन्यूज २०७८ पुष २४ गते १६:४०

काठमाडौं । नेपालमा थप ९४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

Advertisement
NiccNicc

पछिल्लो २४ घण्टामा १३ हजार २६४ जनाको कोरोना परीक्षण गर्दा शनिबार ९४४ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

९ हजार ७६२ जनाको पिसिआर परीक्षण र ३ हजार ५०२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

पछिल्लो २४ घण्टामा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या भने शून्य छ ।

काठमाडौं उपत्यकामा मात्रै शनिवार ४८१ संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ३६२, भक्तपुरमा २५ र ललितपुरमा ९४ गरी ४८१ जना थपिएका हुन् ।

सोही अवधिमा २९७ कोरोना संक्रमणमुक्त भएको पनि मन्त्रालयले जनाएको छ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार १४० पुगेको छ।

प्रतिक्रिया