विवादित भएपछि मिडिया अवार्डबाट पछि हट्यो महासंघ

काठमाडौं । ड्रिम हाइ नेपालसँग गरेको सम्झौता विवादित भएपछि नेपाल पत्रकार महासंघ मिडिया अवार्डबाट पछि हटेको छ ।
सम्झौताअनुसार प्राप्त सहयोग पारदर्शी हुने र त्यसबाट बचेको रकममध्ये ३ लाख रुपैयाँ महासंघद्वारा कोभिड प्रभावित पत्रकारका लागि स्थापित कोभिड राहत कोषमा जम्मा गर्ने भन्ने थियो ।
पत्रकार महासंघकी सचिव सिर्जना अर्यालले मिडिया अवार्डबाट ध्यानाकर्षण गर्दै उक्त सहमति कायम नरहने गरी उक्त रकम महासंघले नलिने जनाएकी छन् ।
साथै मिडिया अवार्ड वितरण कार्यक्रम सम्पन्न गर्ने क्रममा भएका गतिविधिको बारेमा केन्द्रीय कार्यसमिति बैठकमा छलफल गरी आवश्यक निर्णय लिइने पनि ध्यानाकर्षणपत्रमा उल्लेख छ ।
पत्रकारहरुलाई उनीहरुको भूमिकाको आधारमा सम्मान गर्ने सन्दर्भमा ड्रिम हाइ नेपाल संस्थाले राखेको प्रस्तावलाई महासंघले सहज रुपमा स्वीकार्दै सहकार्य रेको भएतापनि यो कुनै आर्थिक लाभ वा अन्य कुनै स्वार्थका लागि नभएको महासंघ सचिव सृजना अर्यालले प्रष्टीकरण दिएकी छन् ।














पल्टेको ग्यास बुलेट हटाउन नसक्दा १३ घण्टादेखि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
विद्यार्थीहरूलाई देशप्रेमको भावना जगाउँने शिक्षा दिनु आवश्यकः अध्यक्ष विजुक्छेँ
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
पुतिनको निवासमाथि ड्रोन आक्रमण बनावटी दाबी मात्र : युक्रेन
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका
रवि भन्छन् – सहमति नेताले खोजेजस्तो नभई देशलाई चाहिएजस्तो हुनुपर्छ
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
रवि–बालेनबिच ७ बुँदे सम्झौता : दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहने, प्रधानमन्त्रीको उम्मेदवार बालेन बन्ने
प्रतिक्रिया