विवादित भएपछि मिडिया अवार्डबाट पछि हट्यो महासंघ

काठमाडौं । ड्रिम हाइ नेपालसँग गरेको सम्झौता विवादित भएपछि नेपाल पत्रकार महासंघ मिडिया अवार्डबाट पछि हटेको छ ।
सम्झौताअनुसार प्राप्त सहयोग पारदर्शी हुने र त्यसबाट बचेको रकममध्ये ३ लाख रुपैयाँ महासंघद्वारा कोभिड प्रभावित पत्रकारका लागि स्थापित कोभिड राहत कोषमा जम्मा गर्ने भन्ने थियो ।
पत्रकार महासंघकी सचिव सिर्जना अर्यालले मिडिया अवार्डबाट ध्यानाकर्षण गर्दै उक्त सहमति कायम नरहने गरी उक्त रकम महासंघले नलिने जनाएकी छन् ।
साथै मिडिया अवार्ड वितरण कार्यक्रम सम्पन्न गर्ने क्रममा भएका गतिविधिको बारेमा केन्द्रीय कार्यसमिति बैठकमा छलफल गरी आवश्यक निर्णय लिइने पनि ध्यानाकर्षणपत्रमा उल्लेख छ ।
पत्रकारहरुलाई उनीहरुको भूमिकाको आधारमा सम्मान गर्ने सन्दर्भमा ड्रिम हाइ नेपाल संस्थाले राखेको प्रस्तावलाई महासंघले सहज रुपमा स्वीकार्दै सहकार्य रेको भएतापनि यो कुनै आर्थिक लाभ वा अन्य कुनै स्वार्थका लागि नभएको महासंघ सचिव सृजना अर्यालले प्रष्टीकरण दिएकी छन् ।















महाकाली नदीमा व्यावसायिक -याफटिङ सुरु
अर्थमन्त्री र बैंक तथा वित्तीय क्षेत्रका नियामक निकायका प्रमुखबीच भेटघाट
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
अमेरिकी सैन्य विमान इराकमा दुर्घटना : चालक दलका छ जनाको मृत्यु
प्रतिक्रिया