एमाले कैलालीको नेतृत्व छान्न सकस, सहमति नजुटेपछि निर्वाचन प्रक्रिया अघि बढ्यो

कैलाली । कैलालीमा नेकपा एमालेको जिल्ला अध्यक्षसहित पदाधिकारीमा सहमति नजुटेपछि निर्वाचन प्रक्रिया अगाडि बढाइएको छ ।
जिल्लामा अध्यक्षका लागि वर्तमान जिल्ला अध्यक्ष रतन थापासहित तीन जनाको दाबेदारी छ । जिल्ला अध्यक्षका लागि वर्तमान थापासहित रणबहादुर चन्द र डेजी पाण्डेको दाबी छ । तीन जना आकांक्षीबीच सहमति नजुटेपछि निर्वाचन प्रक्रियामा जानुपरेको अध्यक्ष थापाले बताए ।
निर्र्वाचन समितिले कार्यतालिकासमेत सार्वजनिक गरेको छ । तालिका अनुसार शनिबार नामावली प्रकाशन गरिनुका साथै उम्मेदवारी दर्ता गरिएको छ ।
यस्तै, शनिवार नै साँझ ७ः३० देखि ८ः३० बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन, आइतबार बिहान ८ः३० बजेदेखि १ः३० बजेसम्म मतदान र दिउँसो ३ बजेदेखि मतगणना हुने कार्यतालिका रहेको प्रमुख निर्वाचन अधिकृत चक्रराज तिमिल्सिनाले बताए ।
एमाले कैलालीको अध्यक्षसहित पदाधिकारी सहमतिमै टुंगो लगाउने प्रयास गरिएपनि सफल हुन सकेन ।
जिल्ला अध्यक्षका लागि वर्तमान अध्यक्ष रतन थापा, रणबहादुर चन्द र डेजी पाण्डेले दाबी गरेका छन् ।













रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
प्रेस स्वतन्त्रता हननका घटनामा वृद्धिः नेपाल पत्रकार महासङ्घ
नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई दिँदैछ बिदाइ
सरकारलाई सुशासनको जग बसाल्ने र निर्वाचन गर्ने कार्यादेश छ : प्रधानमन्त्री कार्की
दिगो शान्ति बिना समृद्धि सम्भव छैन : उपसभापति अर्याल
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कुलमान घिसिङ रास्वपाको उपसभापति, रास्वपाको महामन्त्री उज्यालोबाटै बनाइने
जसपा नेपाल र लोसपाबीच एकीकरण गर्ने निर्णय
प्रतिक्रिया