आजको राशिफल ः पौष २५ गते आइतबार

आज वि.सं. २०७८ साल पौष महिनाको २५ गते आइतबार, पौष शुक्लपक्षको सप्तमी तिथि । आज रविसप्तमी रहेको छ ।
मेष
नयाँ नयाँ काम गर्नमा उत्साह आउने छ । यात्रामा सफलता मिल्ने छ । समय सकारात्मक रहेकाले उन्नति प्रगतिका अवसरहरु प्राप्त हुने देखिन्छ । पेशा ब्यवसायमा पनि सकारात्मक परिणामहरु प्राप्त हुने छ । मनमा दृढता आउने भएकाले अन्योलता हट्ने छ । परीवारिक जीवनबाट शान्तिपूर्ण अवस्था आउने छ ।
वृष
पेशागत र ब्यावसायिक जीवनमा सकारात्मक कदमहरु अघि बढ्ने छ । जग्गा जमिन खरिद गर्ने विषयमा प्रगति हुने छ ।साझेदारीमा भए गरेका कामहरुमा भने द्वन्द देखिने भएकाले सतर्क भई कदम चाल्नु नै उचित हुने छ । व्यक्तित्वमा दृढता आउँदा बलियो खालको स्वाभाव बन्ने छ । मेहनत र पराक्रमी स्वाभाव कायम हुने छ ।
मिथुन
मित्रतामा मधुरता आउने छ । मधुरो बोली हुने हुँदा अरुको मन सहजै जित्न सकिने छ । आम्दानीमा बृद्धि देखा पर्नेछ । परिवारमा प्रेम, मिलन तथा शान्तिपूर्ण वातावरण हुनेछ । परिवारका सदस्यहरुबीच सहयोगी भावमा बृद्धि हुँदा उन्नति प्रगतिका दिशा कायम हुनेछ । रिसको मात्रामा भारी बृद्धि हुने भएकाले विचार पुर्याउनु पर्ने देखिन्छ ।
कर्कट
मनमा आउने दृढताले जस्तो सुकै काम पनि गर्न सक्छु भन्ने चाँही लाग्ने छ । पेशागत जीवनमा समस्याहरुसँग जुध्दै अघि बढ्नु पर्ने समय रहेको छ । अरुलाई सहयोग गर्ने बानी हुने छ । दाम्पत्य जीवनमा मिठासपनाको अभाव देखिए तापनि कठिन अवस्थामा एकअर्कालाई सहयोग गर्ने बानी देखा पर्दा भविष्यका योजना निर्माण गर्न मद्धत मिल्ने छ । भाग्यहिनताले गर्दा थालिएका कामहरु निकै ढिला गरि मात्र सफलतातर्फ जाने छन् ।
सिंह
ब्यावसायिक जीवनमा सकारात्मक परिणामहरु देखिने छ । आर्थिक पक्ष सवल बन्ने छ । आफ्नो काम प्रति गौरव बढ्ने छ । आफ्नो काम फत्ते गर्नका लागि कम्मर कसेर लागि पर्ने बानी हुने छ । तर मनमा भने निकै उदासिनता बढ्ने भएकाले संयमित रहनु होला । निर्णय क्षमता पनि कमि देखिने छ । साझेदारीमा गरिएका कामहरुमा द्वन्दात्मक अवस्था आउने छ ।
कन्या
भाग्यको बलियो साथ रहेकाले आँटेका कामहरुमा राम्रो नतिजा देखिने छ । कमाई धमाईमा ह्वात्त बृद्धि हुने छ । तर भविष्यप्रतिको चिन्ताले सताई रहने छ । पेशागत जीवनमा भने केही समस्याहरुसँग जुध्नु पर्ने छ । साझेदारीमा गरिएका कामहरुमा पनि द्वन्दात्मक अवस्था आइ लाग्ने छ ।
तुला
पेशागत जीवनमा उन्नति प्रगतिका कदमहरु अघि बढ्ने छन् । रोमाण्टिक बानी देखिने छ । नेतृत्व क्षमतामा आउने कमिले गर्दा आफूभन्दा तलका व्यक्तिहरुले हेप्ने छन् । जीवनसाथिसँग मनमुटाब बढ्ने छ । परिवारका सदस्यहरुले साथ दिने हुँदा सँहालिन निकै मद्धत मिल्ने छ । धार्मिक–आध्यात्मिक विषयलाई उपेक्षा गर्ने बानी देखिने छ ।
वृश्चिक
चिन्ताले सताउने हुँदा उत्साह र उमङ्गको कमि देखिने छ । निन्द्रामा समस्या देखिने छ । मनमा नकारात्मक विचारहरु धेरै देखिने छ । भाग्यले साथ दिएकाले परिस्थिति धेरै बिग्रिहाल्ने भने छैन् । शरीरमा धेरै थहाई लाग्ने र शरीर कमजोर बन्ने छ । स्वास्थ्य अवस्था सन्तुलित बनाउन मेहनत गर्नु पर्ने छ ।
धनु
औषधीजन्य विषयमा खर्च बढ्न जाने छ । स्वास्थ्यमा समस्या आउने छ । मनमा खिन्नताले सताउने छ भने मनोबल कमजोर बन्ने छ । दाम्पत्य जीवनमा भनाभन र बिबादको अवस्था आउने छ । साझेदारीमा गरिएका काममा साझेदारहरुबीच झैझगडा र मनमुटावको अवस्था आउने छ । धन सम्पत्तिमा नोक्सानी देखिने भएकाले संयमित रहनु होला ।
मकर
दाम्पत्य जीवनमा प्रमिल वातावरण बन्ने छ । मनमा अदम्य साहस देखा पर्ने छ । परिवारका सदस्यहरुबीच सहयोगी स्वाभाव हुने हुँदा परिवारमा एकता देखा पर्ने छ । मनमा शान्तिको अनुभुति हुने हुँदा उत्साहको अवस्था आउने छ । समाजले गौरव गर्ने छ । प्रतिष्पर्धात्मक क्षमतामा पनि बृद्धि हुने छ । आर्थिक क्षेत्र भने मध्यम प्रकृतिमा सीमित हुने छ ।
कुम्भ
सम्भावनाका ढोकाहरु देखिने छ । मनमा आँटमा बृद्धि हुने छ । अरुको विश्वास जित्न सकिने देखिन्छ । बाणि प्रभावकारी बन्ने छ । यात्रामा सफलता प्राप्त हुने छ । बौद्धिक खालको व्यक्तित्व बन्ने छ । मनमा भने अनावश्यक चिन्ताले सताउने छ । आम्दानीमा बृद्धि हुने संकेतहरु प्राप्त हुने छन् । धार्मिक आध्यात्मिक स्वाभाव बन्ने छ ।
मीन
स्वास्थ्य समस्या देखिने छ । मेहनत गर्दा गर्दै पनि प्रतिफल कम हुन जाँदा मनमा निराशा छाउने छ । आर्थिक अवस्था भने धानिने छ । मुद्धा मामिलाजन्य विषयमा सतर्क रहनु होला । झैझगडा भन्दा शान्तिपूर्ण रुपमा काम लिन धैर्य बन्नु होला । यात्रामा कठिनाई झेल्नु पर्ने छ । घर घडेरी बेच्नु पर्ने बाध्यता आउने छ ।
(गुरु पन्त– ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् सम्पर्क– ९८१३६३७२३८)















प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठ मनोनीत
चुनौतीका बीच सम्मानजनक मत पायौँः उज्यालो नेपाल पार्टी
पूर्वराष्ट्रपति भण्डारीद्वारा अध्यक्ष ओलीलाई समवेदना
एमालेले आयोगमा बुझायो समानुपातिक सांसदको सूची
बङ्गलादेशी विद्रोह नेताको हत्यामा भारतमा थप पक्राउ
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
भोलिदेखि ग्यास आधा सिलिन्डर मात्रै पाइने
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
मौसममा पश्चिमी प्रणालीको प्रभाव: केही स्थानमा वर्षा र हिमपातको सम्भावना
प्रतिक्रिया