राष्ट्रियसभा निर्वाचनः आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आइतबार उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिने भएको छ ।
पुस २० गते उम्मेदवार मनोनयन दर्ता गराएकाहरुको अन्तिम नामावली प्रकाशन गर्न लागिएको हो । पुस २० गते १९ राष्ट्रियसभा सदस्य पदका लागि ४३ जनाले मनोनयन दर्ता गराएका थिए ।
निर्वाचन कार्यक्रमअनुसार पुस २१ गते उम्मेदवारको बिरोधमा उजुरी, २२ र २३ गते मनोनयन र उजुरी जाँचबुझ तथा नामावली प्रकाशन र पुस २४ गते शनिवार उम्मेदवारलाई नाम फिर्ता लिने समय प्रदान गरिएको थियो ।
आइतबार (आज) उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिनुका साथै उम्मेदवारहरुलाई निर्वाचन चिन्हसमेत प्रदान गरिने निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
आगामी माघ १२ गते प्र्रदेशसभा सदस्य तथा महानगर, नगरपालिकाका प्रमुख उपप्रमुख र गाउँपालिकाका अध्यक्ष उपाध्यक्षले राष्ट्रियसभा सदस्यका उम्मेदवारहरुलाई मतदान गर्नेछन् । निर्वाचनमा २ हजार २५ जना मतदाता रहेको आयोगले जनाएको छ ।
राष्ट्रियसभाका १९ सदस्यको माघ २० गतेदेखि पदावधि समाप्त हुँदैछ ।















विश्वकपमा इरानको समर्थन गर्दा केइसुके होन्डाले अमेरिकी विज्ञापन सम्झौता गुमाए
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
अष्ट्रेलियामा शरण मागेकी इरानी महिला फुटबल टोलीकी कप्तानले निवेदन फिर्ता लिइन्
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
मौसममा पश्चिमी प्रणालीको प्रभाव: केही स्थानमा वर्षा र हिमपातको सम्भावना
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया