सोमबार, चैत २, २०८२

काेराेना कहर

कोरोना बढ्दै गएपछि स्कुल कलेज बन्द हुन थाले

उपत्यकाका तीन जिल्लाका सिडियोको संयुक्त बैठक बस्दै

मेरोन्यूज २०७८ पुष २५ गते १२:५५

काठमाडौं । केही दिनयता कोरोना संक्रमणदर बढ्दै गएपछि काठमाडौं उपत्यकाभित्रका स्कुल कलेजहरु बन्द हुन थालेका छन् । काठमाडौं उपत्यकामा सबैभन्दा बढी संक्रमित भेटिएपछि त्रासदी बढेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार, शनिबार १३ हजार दुई सय ६४ नमूनाको पीसीआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा नौ सय ४४ जनामा कोरोना पुष्टी भएको थियो भने शुक्रबार शुक्रबार देशभर १४ हजार नौ सय ७१ नमुना परीक्षणमा नौ सय ६८ जनामा संक्रमण देखिएको थियो । बढी संक्रमित काठमाडौं उपत्यकामा देखिएका छन् ।

कोरोना संक्रमणदर बढेसँगै नेपालमा कोरोनाको नयाँ भेरियन्ट पनि पनि देखिन थालिसकेको छ । मन्त्रालयले शुक्रबार मात्रै एकै दिन २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टी गरेको थियो । त्यसअघि तीन जनालाई ओमिक्रोन पुष्टी भएको थियो ।

राजनीतिक दलका ठूला कार्यक्रमहरुबाट नै कोरोना संक्रमण फैलिएको पुष्टी भएका छन् । माओवादी केन्द्रको काठमाडौंमा सम्पन्न आठौं महाधिवेशनबाट कोरोना फैलिएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठसहित माओवादीका दर्जन बढी नेता कार्यकर्तालाई कोरोना पुष्टी भएको छ ।

गत आइतबार यता कोरोना संक्रमणदर बढ्दै गएको छ । देशभरीको जोड्ना संक्रमणदर कम देखिए पनि काठमाडौं उपत्यकाको संक्रमण दर ह्वात्तै बढेको छ ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमित बढ्दै गएपछि आइतबार उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दैछ ।

यता, शैक्षिक क्षेत्रकाबारेमा के गर्ने सरकार अहिलेसम्म कुनै निर्णय नगरेपछि काठमाडौंका केही कलेजहरु बन्द भइसकेको छ । उनीहरुले अनलाइनबाट अध्यापन सुरु गरिसकेका छन् । कोरोना संक्रमणकै कारण काठमाडौंको बानेश्वरस्थित एस कलेजले शुक्रबारदेखि नै कलेज बन्द गरेर भर्चुअल कक्षा सञ्चालन गरेको छ ।

दक्षिण अफ्रिकामा नोभेम्बरको अन्तिम साता कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै विश्वव्यापी रुपमा संक्रमित दर २७० प्रतिशत छ ।

संक्रमित दर बढे पनि मृत्यु दर भने सन् २०२० को अक्टोबर यताकै सबैभन्दा थोरै देखिएका छन् ।

अहिले कोभिडबाट औषतमा दैनिक ६ हजार २३७ जना संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया