वर्षाका कारण आठ करोडको इँटा नष्ट
काठमाडौँ । बेमौसमी वर्षाले रुपन्देहीका इँटा उद्योगमा बनाइएका आठ करोड मूल्य बराबरको काँचो इँटा नष्ट भएको छ । लुम्बिनी इँटा व्यवसायी संघ भैरहवाका अनुसार गत हप्ता परेको वर्षाले रुपन्देहीका ४७ वटा इँटा उद्योगका आठ करोड मूल्य बराबरको इँटा गलेर नष्ट भएको हो ।
वर्षाका कारण जिल्लाका सबै इँटा उद्योगमा क्षति पुगेको लुम्बिनी इँटा व्यवसायी संघले जनाएको छ । यी उद्योगमा रहेका तीन करोड २५ लाख गोटा काँचो इँटा नष्ट भएको उद्योगीहरूको भनाइ छ । वर्षाका कारणले गलेर इँटा नष्ट हुँदा अहिले मात्रै रु आठ करोडभन्दा बढीको नोक्सानी इँटा व्यवसायीहरूलाई भएको प्रारम्भिक अनुमान गरिएको इँटा व्यवसायी संघ लुम्बिनीका महासचिव अजयकुमार गुप्ताले बताए ।
अहिलेको वर्षाले एउटा भट्टामा कम्तीमा दुई लाखदेखि १० लाखसम्म काँचो इँटा गलेर नोक्सानी भएको उनको भनाइ छ । काँचो इँटाको बीमा पनि नहुने भएकाले राज्यले संरक्षण गर्न जरुरी रहेको व्यवसायीहरुको माग रहेको छ । रुपन्देहीमा उत्पादन हुने इँटाहरू जिल्लासँगसँगै पाल्पा र स्याङ्जामा बिक्री हुने गरेको छ ।
मंसिरदेखि वैशाखसम्म इँटा उत्पादन हुने समय भएको र त्यसपछिको छ महिनासम्म वर्षा मौसममा यो उद्योग बन्द रहने गर्दछ । बेमौसमी वर्षाका कारण काँचो इँटा गलेर नष्ट भए पनि बजारमा इँटाको अभाव हुन नदिन आफूहरू लागिपरेको संघले जानकारी दिएको छ ।
अब नयाँ इँटा उत्पादन हुन एक महिना ढिलाइ हुने देखिएको छ । रुपन्देहीमा सञ्चालित इँटा उद्योगमा करिब रु १० अर्ब लगानी छ भने आठ हजारभन्दा बढी मजदुर कार्यरत छन् ।
















FNCCI new leadership assumes office
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
दोस्रो दक्षिण एसिया व्यापार मेला सुरु
SAARC Secretary General pays courtesy call on Minister Khanal
४९१ जना कैदीसहित हजारौँ अफगान शरणार्थी पाकिस्तानबाट स्वदेश फिर्ता
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
प्रतिक्रिया