मंगलबार, वैशाख १५, २०८३

मोदीको अभिव्यक्तिमा देव गुरुङले जनाए आपत्ति

नेपाली भूमि फिर्ता गर्न अविलम्व कुटनीतिक स्तरमा वार्ता गर्न सरकारलाई आग्रह

मेरोन्यूज २०७८ पुष २६ गते ११:०२


काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का प्रभावशाली नेता देव गुरुङले कालापानी, लिपुलेक र लिम्पियाधुराबारे भारत सँग कुटनीतिक स्तरमा बार्ता गरी नेपाली जमिन फिर्ता लिनका लागि नेपाल सरकारलाई अविलम्व पहल गर्न आग्रह गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भूमिका विषयमा पटक पटक विवादास्पद अभिव्यक्ति दिएको भन्दै उनले मोदीको अभिव्यक्ति आपत्तिजनक रहेको बताएका छन् । गुरुङले सामाजिक सन्जालमा मोदीको अभिव्यक्तिमाथी विरोध जनाउदै तत्काल सरकारलाई नेपाली जमिन फिर्ता गर्ने विषयमा भारतसग कुटनीतिक स्तरमा वार्ता गर्न आग्रह गरेका हुन् ।

Advertisement
NiccNicc

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केही अगाडी मात्रै भारतको उत्तराखण्ड राज्यमा अवस्थित हलद्वानीको एउटा सार्वजनिक कार्यक्रममा सम्वोधनका क्रममा “मानसरोवरसम्म जाने सडक पु¥याउनका लागि लिपुलेक क्षेत्रमा सडक विस्तारको काम भई रहेको” भनेर सार्वजनीक अभिव्यक्ति दिएका थिए ।

लिपुलेक, कालापानी र लिम्पियाधुरासम्म नेपालको भूमि छ । नेपालले आफनो नक्सामा समेत उक्त क्षेत्र सम्मलाई समेटेर नक्सा सार्वजनिक गरिसकेको छ । उसले यस अगाडी सडक निर्माणको काम अगाडी वढाएपछि विरोध जनाउदै नेपालले कुटनीतिक नोट समेत पठाएको थियो । तर नक्सा वमोजिमका उक्त नेपाली भूमि फिर्ताका लागि सरकारले कुटनीतिक पहल लिन सकिरहेको छैन ।

यसै विषयमा सरकारको ध्यानाकर्षण गराउादै माओवादी केन्द्रका नेता गुरुङले ततकाल कुटनीतिक स्तरमा वार्ता गरी पहल थाल्न सरकारलाई आग्रह गरेका हुन् ।

गुरुङले भनेका छन्,–‘ लिपुलेकमा सडक बनाउने भनी भारतिय प्रम नरेन्द्र मोदीले हालै दिनु भएको अभिव्यक्ति आपत्ती जनक छ। कालापानी, लिपुलेक र लिम्पियाधुराबारे भारत सँग कुटनीतिक स्तरमा बार्ता गरी नेपाली जमिन फिर्ता लिनका लागि नेपाल सरकारको तर्फबाट अविलम्व पहल होस्।’

प्रतिक्रिया