नारायणहिटीमा कफीसप सञ्चालनबारे प्रतिवेदन सार्वजनिक
काठमाडौँ । नारायणहिटी दरबार संग्रहालय परिसरमा कफीसप सञ्चालनबारे प्रतिवेदन सार्वजनिक भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको छानबिन समितिले अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो ।
प्रतिवेदन सार्वजनिक गर्न सोमबार आयोजित कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेम आले मगरले ६.३४ आना जग्गा ठेक्का सम्झौता भए पनि १४ रोपनीमा संरचना निर्माण भएको प्रारम्भिक सूचना पाएको बताए ।
उनले कार्यक्रममा देशका अन्य भागमा पनि यस्ता सम्पदा, धार्मिक स्थल, पुरातात्विक महत्वमा स्थानमा अतिक्रमण र अनियमितता भइरहेको बताएका थिए । उनले अतिक्रमण हटाउन आफू आएको दाबी गरे ।
मन्त्री आलेले समितिले सार्वजनिक गरेको प्रतिवेदनमाथि छलफल हुने र यो विषयमा अख्तियार दुरुपयोग अनुशन्धान आयोगको पनि ध्यानाकर्षण हुनु पर्ने बताए ।
होमप्रसाद लुइँटेलको संयोजकत्वमा नारायणहिटी कफीसप सञ्चानल सम्बन्धमा मन्त्रालयले छानबिन समिति गठन गरेको थियो । समितले ठेक्का दिँदा मिलेमतो गरेर दिइएको निष्कर्ष निकालेको छ ।









एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग
२०८२ साल मंसिर २८ गते आइतबारको राशिफल
आजका लागि विदेशी मुद्राको विनिमयदर यस्ताे
दाङकाे एक होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
प्रतिक्रिया