असिनाले बाली नष्ट गरेपछि कृषक चिन्तित
मेरोन्यूज
२०७८ पुष २७ गते ८:४४

काठमाडौँ । असिनाले हिउँदेबाली नष्ट गरेपछि कृषक चिन्तित भएका छन् । बेनी नगरपालिका ३ मरेक, मुसुङ, छेपारे, डोले, बालम, मंगला गाउँपालिका ३, भाँक्रेपानी र ४ धापुङमा सोमबार साँझ असिना परेको थियो ।
वर्षातसहितको बेमौसमी असिनाले हिउँदेबाली र सुन्तला फलफूल खेतीमा क्षति गरेको मरेकका कृषक इन्द्रबहादुर थापाले बताए । हिउँदे आलु, गहुँ र जौँको बोट ढलाएर, पात चुटेर छियाछिया बनाएको छ । बोट लडाएको कृषक थापाले बताए ।
यसैगरी सिजनको अन्तिममा बिक्री गर्न बोटमै राखेको सुन्तलाको दाना असिनाले झारिदिएको छ । अधिकांश बगैँचाको सुन्तला निकासी भए पनि केही मात्रामा सुन्तला टिपेर बजार पठाउन बाँकी थियो ।
हिउँ पर्नुको साटो बेमौसममा असिना परेकामा कृषकले अनौठो मानेका छन् । क्षतिको विवरण संकलन र राहतको व्यवस्थाका लागि स्थानीय तह र कृषि ज्ञान केन्द्रसँग माग गरेका छन् ।
सम्बन्धित
















लुम्बिनी बौद्ध विश्वविद्यालयको अन्तरराष्ट्रिय सांस्कृतिक दूतमा फु च्याङ नियुक्त
इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
अमेरिकाले नेपाल ‘ए’लाई दियाे २६३ रनको लक्ष्य
एमाले राष्ट्रिय सभा सचेतकमा रोशनी मेचे चयन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया