स्वतन्त्रता दिवसमा रक्तदान र स्वास्थ्य शिविर
काठमाडौँ । भारतको ७५ औँ स्वतन्त्रता दिवसका अवसरमा भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय पोखराले सोमबार रक्तदान र निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । भारतीय पेन्सन क्याम्प रामबजारमा आयोजित रक्तदान कार्यक्रममा १११ पिन्ट रगत संकलन गर्नुका साथै मुख, दाँत परीक्षण, रक्तअल्पता, क्यान्सर र स्वास्थ जीवनयापनका लागि जीवन शैलीसम्बन्धी सचेतना कार्यक्रम आयोजना गरिएको थियो ।
भारतीय पेन्सन क्याम्प पोखराका प्रमुख कर्णेल शशांक त्रिपाठीले कार्यक्रमको शुभारम्भ गर्दै भुतपूर्व सैनिकको सेवाका साथै रचनात्मक क्रियाकलापमा क्याम्पबाट निरन्तर सहयोग रहने विश्वास व्यक्त गरे । क्याम्पमा आवद्ध चिकित्सकद्वारा बिरामीको स्वास्थ्य परीक्षण गर्नुका साथै निःशुल्क औषधिसमेत वितरण गरिएको थियो ।
कार्यक्रममा रक्तसञ्चार केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवाली, रक्तदान अभियानकर्मी सराङकोट बहुउद्देश्यीय सहकारीका अध्यक्ष कृष्णबहादुर थापा, गोर्खा क्युनिटी समूहका अध्यक्ष चोकबहादुर गुरुङ, उपाध्यक्ष दिलमाया गुरुङ, विज्ञापन बोर्डका अधिकृत हरिनारायण गौतम, पेन्सन वितरण कार्यालयका भरतभूषण पाण्डे, चेतबहादुर खत्रीलगायतले रक्तदानकको महत्व एवं उपादेयतामाथि चर्चा गरेका थिए ।









दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
एनपिएलः अर्धशतकको सङ्ख्या ३५ पुग्यो
गोरखाको रिपुम गुम्बामा आगालागी, तीनतले आवास भवन जलेर नष्ट
आजकाे एनपीएल: कर्णालीले जनकपुरलाई ३ रनले हरायो
अन्तिम खेलमा जनकपुरविरुद्ध कर्णाली विजयी
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
एनपिएलमा आज : लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै
कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या
संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल
प्रतिक्रिया