भाइलाई हराएर नेकपा एमाले जाजरकोटको अध्यक्ष बने खीमबहादुर

जाजरकोट । नेकपा एमाले जाजरकोटको अध्यक्षमा खीमबहादुर शाही निर्वाचित भएका छ्न् । मंगलबार गरिएको मत गणना अनुसार करवीर शाहीलाई पराजित गर्दै खीमबहादुर निर्वाचित भएका हुन् ।
विजयी खीमबहादुरले कुल ४ सय ३३ मत मध्य २ सय १७ मत ल्याएर विजयी भए । करवीरले २ सय १० मत प्राप्त गरेका थिए । खीम र कवीर दाजुभाइ हुन् । खीम दाइ हुन् । करवीर तत्कालीन माधवकुमार नेपाल समूहमा थिए ।
यस्तै उपाध्यक्षमा गोपाल बटाला निर्वाचित भएका छ्न् । उनले २ सय २५ मत प्राप्त गरे। सचिवमा वीरबहादुर गिरी निर्वाचित भएका छन् । नरबहादुर खत्रीलाई पछि पार्दै उनी विजयी भएका हुन् । गिरीले २ सय १५ प्राप्त गरेका थिए भने खत्रीले १ सय ८६ मत प्राप्त गरेका छ्न् । यस्तै उपसचिवमा गोपाल बहादुर नेपाली र नर बहादुर बस्नेत निर्वाचित भएका छ्न् । नेपालीले सबैभन्दा बढी २ सय ५८ मत प्राप्त गरेका छ्न् । बस्नेतले २ सय ४७ मत प्राप्त गरेका छ्न् ।
उपसचिवका उम्मेदवार रामबहादुर शाही र जयाराम न्यौपाने पराजित भएका छ्न् । शाहीले १ सय ५४ मत प्राप्त गरेका थिए भने न्यौपानेले १ सय ४ मत प्राप्त गरेका थिए ।















आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
अष्ट्रेलियामा शरण मागेकी इरानी महिला फुटबल टोलीकी कप्तानले निवेदन फिर्ता लिइन्
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट
मौसममा पश्चिमी प्रणालीको प्रभाव: केही स्थानमा वर्षा र हिमपातको सम्भावना
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
स्वर्णिम वाग्लेको चुनाव खर्च २५ लाख ९० हजार
प्रतिक्रिया