दाङमा माघी मेला स्थगित
काठमाडौँ । दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको माघी मेला यस वर्ष कोरोना महामारीका कारण स्थगित गरिएको छ ।
दाङको घोराही १३ को बाह्रकुने दह र लमही ९ स्थित बगारबाबा धार्मिकस्थल रिहारमा यस पटक मेला नलाग्ने भएको हो ।
बाह्रकुने दह संरक्षण समितिका अध्यक्ष टेमन बुढाले कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सरकारले गरेको निर्णय अनुसार दहमा मेला स्थगित गरिएको जानकारी दिए ।
संक्रमण दर बढेको र सरकारले समेत २५ जना भन्दा बढी भिडभाड हुन तथा मेला महोत्सव गर्न रोक लगाएको हुँदा मेला स्थगित गरिएको उनले जानकारी दिए ।
धार्मिक स्थल समेत भएकाले मन्दिरमा पूजाआजा भए पनि मेला भने नहुने उनले जानकारी दिए । मन्दिरमा पूजा गर्नका लागि प्यूठान, रोल्पा, रुकुमबाट दैनिक झन्डै तीन सय मानिसहरु आउने गरेका छन् ।
मन्दिरमा भेडाको बली दिइने र परेवा उडाइने गरिन्छ ।










तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रवि लामिछाने र बालेनबीच भेटवार्ता
कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
क्षेप्यास्त्र कार्यक्रममा कुनै सम्झौता हुँदैन -इरान
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
प्रतिक्रिया