शनिबार, पुष ५, २०८२

एमाले बाजुरा अध्यक्षमा शाही

मेरोन्यूज २०७८ पुष २८ गते ९:११

काठमाडौँ । नेकपा एमाले बाजुराको अध्यक्षमा पुनः कालीबहादुर शाही निर्विरोध चयन भएका छन् । एमालेको सातौँ जिल्ला अधिवेशनबाट उपाध्यक्षमा भरतबहादुर बुढा, सचिवमा भरतबहादुर थापा, उपसचिवमा जनककुमार बोहरा र हरिबहादुर रोकाया निर्विरोध चयन भएका छन् ।

निर्वाचन कमिटीका प्रमुख दिलीपबहादुर शाहीका अनुसार एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाको संयोजकत्वमा बनेको अध्यक्ष मण्डलले सर्वसम्मत जिल्ला कमिटी छनोट गरेको हो ।

प्रतिक्रिया