यती एयरलाइन्सका यात्रुलाई पठाओ चढ्दा छुट

काठमाडौँ । पठाओ र हवाई कम्पनी यती एयरलाइन्सले यात्रुको सहज यात्राका लागि सम्झौता गरेका छन् ।
सम्झौताअनुसार यात्रुले यती एयरलाइन्सको मोबाइल एप वा वेबसाइटबाट हवाई टिकट खरिद गर्दा पठाओको बाइक राइडमा २० प्रतिशत छुट पाउन सक्ने छन् । कार लाइट (ट्याक्सी)मा ५० प्रतिशत (१७५ रुपैयाँ सम्म) छुट प्राप्त गर्न सक्ने छन् । यो अफर बुधबारबाटै लागू भएको छ ।
काठमाडौँ उपत्यकाका यात्रुलाई एयरपोर्टसम्म जान र आफ्नो गन्तव्यबाट एयरपोर्ट फर्किएपछि स्थानीय गन्तव्यसम्म पुग्न सहजताका लागि यती एयरलाइन्स र पठाओले संयुक्त सहकार्यमा ‘सहज यात्रा’ अफर ल्याएका हुन् ।
हवाई यात्रुलाई एयरपोर्ट जान र आउन सहज यात्रा होस् भन्ने उद्देश्यले यति एयरलाइन्ससँग सम्झौता गरिएको पठाओको मार्केटिङ म्यानेजर सुरक्षा हमालले बताइन् । भविष्यमा यती एयरलाइन्सका सबै यात्रुलाई यो अफर लागू गर्ने योजना रहेको हमालले बताइन् ।









काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
एपीएफलाई पराजित गर्दै इस्ट बंगाल बन्यो साफ महिला क्लब च्याम्पियन
नवलपरासी-१ बाट उम्मेदवारमा विनोद चौधरीको एकल सिफारिस
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया