शनिबार, पुष ५, २०८२

मिलमा सल बेरिएर महिलाको मृत्यु

मेरोन्यूज २०७८ पुष २८ गते १३:३१

छाममा । चौरपाटी गाउँपालिका ४ पायलकी एक महिलाको कुटानी पिसानी मिलमा सल बेरिएर मृत्यु भएको छ । साँफेबगर नगरपालिका(१ बैजनाथमा रहेको आफ्नै कुटानी पिसानी मिलमा सल बेरिएर ५१ वर्षीया सुन्तला बोहराको घटनास्थलमै ज्यान गएको मृतकका श्रीमान शंकरमान बोहराले जानकारी दिए । धान कुट्ने क्रममा सल बेरिएको हो । मृतक बोहराको शरीर दुई भाग भएको छ । उनका दुई छोरा दुई छोरी छन ।

प्रतिक्रिया