एमाले लमजुङको ९० सदस्यीय जिल्ला कमिटीमध्ये ३१ जना महिला निर्वाचित

लमजुङ । नेकपा एमाले जिल्ला कमिटी लमजुङमा ९० जना जिल्ला कमिटीमा ३१ जना महिला निर्वाचत भएका छन् । २३ देखि २६ पुससम्म भएको अधिवेशनबाट अध्यक्षमा कृष्णप्रसाद अधिकारी निर्विरोध चयन भएका थिए ।
उपाध्यक्षमा यशोदा रिमाल, सचिवमा सुभाष पौडेल सर्वसहमत चयन भएका छन् । चार जनाबीच भएको उपसचिवको निर्वाचनमा भने जितबहादुर गुरुङ र जनकराज मिश्र निर्वाचित भएका छन् । साथै ९० जनाको जिल्ला कमिटीमा ३१ जना महिला समेत निर्वाचित भएका छन् ।
एमालेको आठौं जिल्ला अधिवेशन निर्वाचन कमिटीले मत परिणाम घोषणापश्चात प्रमाणपत्र प्रदान गरेको छ । निर्वाचन कमिटीका निर्वाचन अधिकृत विमल अधिकारीका अनुसार पदाधिकारीहरूलाई अध्यक्ष मण्डलका संयोजक एवं गण्डकी प्रदेश कमिटीका सचिव धनञ्जय दवाडीले खादा लगाइदिएका थिए ।
निर्वाचन कमिटीका मुख्य निर्वाचन अधिकृत बुद्धिसागर बरालले प्रमाणपत्र प्रदान गरेका हुन् । प्रमाणपत्र वितरणलगत्तै अध्यक्ष कृष्णप्रसाद अधिकारीलाई मुख्य निर्वाचन अधिकृत बुद्धिसागर बरालले सपथ खुवाएका थिए । अध्यक्ष अधिकारीले अरु निर्वाचित पदाधिकारीलाई सपथ खुवाएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्य एवं लमजुङ इन्चार्ज मायानाथ अधिकारीले पार्टीलाई अझ मजबुत र शसक्त बनाउने जिम्मा नयाँ नेतृत्वको रहेको र जिम्मेवारी पूरा गर्न निर्देशन दिए । नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद अधिकारीले पार्टीलाई बलियो र मजबुत बनाउन लाग्ने बताए ।









काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
एपीएफलाई पराजित गर्दै इस्ट बंगाल बन्यो साफ महिला क्लब च्याम्पियन
नवलपरासी-१ बाट उम्मेदवारमा विनोद चौधरीको एकल सिफारिस
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया