बार आन्दोलनको ७४ दिन
प्रधानन्यायाधीसको राजीनामा नआएसम्म आन्दोलन गर्ने चेतावनी

काठमाडौं । नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग गर्दै आन्दोलन थालेको बुधबार ७४ दिन पुगेको छ ।
आन्दोलन थालेको ७४ दिनमा पनि नेपाल बार एसोसिएसनका पदाधिकारीसहित कानुन व्यवसायीहरूले विरोध प्रदर्शन गरेका छन् ।
बुधबार प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसन, सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीहरूसहित कानुन व्यवसायीहरूले सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनीमा बोल्दै अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिए ।
कानुन व्यवसायीहरूको आन्दोलन न्यायालयमा गति प्रदान गर्न र न्याय स्वच्छ हुनका लागि भइरहेको उनको भनाइ थियो ।
प्रधानन्यायाधीस राणाले राजीनामा नदिएसम्म आन्दोलन जारी रहने शर्माले बताए ।
त्यस्तै, अधिवक्ता रामचन्द्र सिम्खडाले आन्दोलनले देशभरका अदालतमा गोलाप्रथाको सुरूआत गर्न सहयोग गरेको उल्लेख गरे । प्रधानन्यायाधीस राणाको राजीनामाको माग गर्दै थालिएको आन्दोलनले केही उपलब्धी हासिल गरेको उनको भनाइ थियो ।











Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
प्रतिक्रिया