अन्तरघातलाई प्रश्रय दिनु हुँदैन : वरिष्ठ नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पार्टीको १४ औं महाधिवेशनमा सभापति शेरवहादुर देउवालाई सहयोग गरेको आरोप लागेपछि उनले त्यसको प्रष्टिकरण दिने प्रयास गरेका छन् । गृहजिल्ल तनँहु पुगेका पौडेलले वुधबार कांग्रेस तनहुँ क्षेत्र नं १ को पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीमा अन्तरघातलाई प्रश्रय दिन नहुने बताएका छन् ।
महाधिवेशन सम्पन्न भएर नयाँ नेतृत्व आइसकेकाले अब एकजुट भएर अगाडि बढ्नुको विकल्प नभएको भन्दै पौडेलले महाधिवेशन आन्तरिक चुनाव भएको त्यसै चुनावलाई लिएर अन्तरघातलाई प्रश्रय दिन नहुने बताएका हुन् ।
“पार्टीको अधिवेशन सकिएको छ, हिजो जे जसरी चुनाव लडे पनि त्यो आन्तरिक चुनाव थियो, चुनावलाई लिएर अन्तरघातलाई प्रश्रय दिनुहुँदैन”, पौडेलले भने, “कांग्रेस एकढिक्का भएर आगामी आम निर्वाचनमा जानुपर्छ ।” वरिष्ठ नेता पौडेलले विगतका तीतामीठा अनुभवलाई बिर्सिएर प्रतिपक्षसँग लडन कांग्रेस एकजुट हुनुपर्ने पनि बताए ।
वरिष्ठ नेता पौडेलले आफू कहिल्यै पनि पदका लागि आन्दोलन नगरेको उल्लेख गर्दै भने, “केपी ओलीविरुद्धको आन्दोलनको नेतृत्व गर्दै गर्दा मलाई प्रचण्डले राष्ट्रपति दिने भयो भनेर पनि अफवाह फैलाए, म पदका लागि आन्दोलन गर्ने मान्छे होइन ।” वरिष्ठ नेता पौडेलले जीवन रहेसम्म जनताको सेवामा लागिरहने प्रतिबद्धता व्यक्त गरे ।










निर्वाचन आयोगद्वारा समावेशी समूहको प्रतिशत निर्धारण, कसको कति ?
रास्वपा केन्द्रीय समिति बैठक जारी, रवि पनि उपस्थित
सिएफमोटोको नयाँ ‘डुअल–स्पोर्ट’ मोटरसाइकल लन्च हुँदै, नेपालमा परिक्षण सुरु
बाग्मतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’
मिराज ढुंगानाले गरे आन्दोलनको घोषणा
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
प्रतिक्रिया