अन्तरघातलाई प्रश्रय दिनु हुँदैन : वरिष्ठ नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पार्टीको १४ औं महाधिवेशनमा सभापति शेरवहादुर देउवालाई सहयोग गरेको आरोप लागेपछि उनले त्यसको प्रष्टिकरण दिने प्रयास गरेका छन् । गृहजिल्ल तनँहु पुगेका पौडेलले वुधबार कांग्रेस तनहुँ क्षेत्र नं १ को पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीमा अन्तरघातलाई प्रश्रय दिन नहुने बताएका छन् ।
महाधिवेशन सम्पन्न भएर नयाँ नेतृत्व आइसकेकाले अब एकजुट भएर अगाडि बढ्नुको विकल्प नभएको भन्दै पौडेलले महाधिवेशन आन्तरिक चुनाव भएको त्यसै चुनावलाई लिएर अन्तरघातलाई प्रश्रय दिन नहुने बताएका हुन् ।
“पार्टीको अधिवेशन सकिएको छ, हिजो जे जसरी चुनाव लडे पनि त्यो आन्तरिक चुनाव थियो, चुनावलाई लिएर अन्तरघातलाई प्रश्रय दिनुहुँदैन”, पौडेलले भने, “कांग्रेस एकढिक्का भएर आगामी आम निर्वाचनमा जानुपर्छ ।” वरिष्ठ नेता पौडेलले विगतका तीतामीठा अनुभवलाई बिर्सिएर प्रतिपक्षसँग लडन कांग्रेस एकजुट हुनुपर्ने पनि बताए ।
वरिष्ठ नेता पौडेलले आफू कहिल्यै पनि पदका लागि आन्दोलन नगरेको उल्लेख गर्दै भने, “केपी ओलीविरुद्धको आन्दोलनको नेतृत्व गर्दै गर्दा मलाई प्रचण्डले राष्ट्रपति दिने भयो भनेर पनि अफवाह फैलाए, म पदका लागि आन्दोलन गर्ने मान्छे होइन ।” वरिष्ठ नेता पौडेलले जीवन रहेसम्म जनताको सेवामा लागिरहने प्रतिबद्धता व्यक्त गरे ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
प्रतिक्रिया