बार्सिलोनालाई पराजित गर्दै रियल फाइनलमा

काठमाडौँ । रोमाञ्चक बनेको सेमिफाइनल खेलमा क्याटलान क्लब बार्सिलोनालाई ३–२ ले पराजित गर्दै रियल मड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति साउदी अरबको रियादमा भएको खेलमा रियलले तीनपटक अग्रता लिँदै खेल आफ्नो पक्षमा पारेको हो ।
रियलको जितमा भिनिसिअस जुनियर, करिम बेन्जेमा र फेडेरिको भाल्भर्डेले १–१ गोल गरे । बार्सिलोनाको लागि लुक डि जोङ र अन्सु फातीले १–१ गोल फर्काए ।
खेलको २५ औँ मिनेटमा भिनिसिअसको गोलमा रियलले अग्रता लियो । ४१ औँ मिनेटमा बार्सिलोनाका लुक डि जोङले गोल गर्दै पहिलो हाफ १–१ को स्थितिमा पुर्याए । ७२औँ मिनेटमा बेन्जेमाले रियललाई २–१ को अग्रता बनाए । पुनः फातीले गोल गर्दा खेल ८३ मिनेटमा बराबरीमा पुग्यो ।
खेलमा इन्जुरी समयको ९ मिनेटमा गोल गर्दै भाल्भर्डेले गोल गर्दै रियललाई फाइनलमा पुर्याए ।
यसअघि म्यानचेष्टर सिटीबाट बार्सिलोना आएका फेरन टोरेसले डेब्युसमेत गरे । तर, उनले चोटका कारण पूरा समय खेल्न सकेनन् ।
योसँगै जाभि होर्नान्डेजको बार्सिलोना प्रतियोगिताबाट बाहिरिएको छ । रियलले उपाधिका लागि बिहीबार साँझ हुने एट्लेटिको मड्रिड र एथ्लेटिको बिल्वाओबीचको विजेतासँग आइतबार खेल्ने छ ।















इनिशा विक हत्याका दोषीलाई कारबाहीको माग गर्दै काँकरभिट्टामा विरोध प्रदर्शन
नवलपरासी कारागारका १८० कैदी अझै फरार
म्याग्दीको रणवाङ–दरवाङ खण्डको सडक अलपत्र
लमजुङमा वृद्ध मृतावस्थामा फेला
माडी नगरपालिकाद्वारा भूमि वर्गीकरण
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
किशोरी साहको मुद्दा हेर्न नमिल्नेमा, अर्को पेशी आइतबार
प्रतिक्रिया