बार्सिलोनालाई पराजित गर्दै रियल फाइनलमा

काठमाडौँ । रोमाञ्चक बनेको सेमिफाइनल खेलमा क्याटलान क्लब बार्सिलोनालाई ३–२ ले पराजित गर्दै रियल मड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति साउदी अरबको रियादमा भएको खेलमा रियलले तीनपटक अग्रता लिँदै खेल आफ्नो पक्षमा पारेको हो ।
रियलको जितमा भिनिसिअस जुनियर, करिम बेन्जेमा र फेडेरिको भाल्भर्डेले १–१ गोल गरे । बार्सिलोनाको लागि लुक डि जोङ र अन्सु फातीले १–१ गोल फर्काए ।
खेलको २५ औँ मिनेटमा भिनिसिअसको गोलमा रियलले अग्रता लियो । ४१ औँ मिनेटमा बार्सिलोनाका लुक डि जोङले गोल गर्दै पहिलो हाफ १–१ को स्थितिमा पुर्याए । ७२औँ मिनेटमा बेन्जेमाले रियललाई २–१ को अग्रता बनाए । पुनः फातीले गोल गर्दा खेल ८३ मिनेटमा बराबरीमा पुग्यो ।
खेलमा इन्जुरी समयको ९ मिनेटमा गोल गर्दै भाल्भर्डेले गोल गर्दै रियललाई फाइनलमा पुर्याए ।
यसअघि म्यानचेष्टर सिटीबाट बार्सिलोना आएका फेरन टोरेसले डेब्युसमेत गरे । तर, उनले चोटका कारण पूरा समय खेल्न सकेनन् ।
योसँगै जाभि होर्नान्डेजको बार्सिलोना प्रतियोगिताबाट बाहिरिएको छ । रियलले उपाधिका लागि बिहीबार साँझ हुने एट्लेटिको मड्रिड र एथ्लेटिको बिल्वाओबीचको विजेतासँग आइतबार खेल्ने छ ।









एनपिएलः आज दुई खेल हुँदै
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
आज २०८२ साल मंसिर ११ गते बिहीबारको राशिफल
प्रधानमन्त्रीको सचिवालयमा अब कति जना ?
दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
बलिउड अभिनेता धर्मेन्द्रको निधन
प्रतिक्रिया