कांक्रेविहार संरक्षित क्षेत्रको साँध-सिमाना नाप जाँच गर्न आदेश

सुर्खेत । सुर्खेत उच्च अदालतले कांक्रेविहार संरक्षित वन क्षेत्रको साँध–सिमाना नापजाँच गर्न आदेश दिएको छ । संरक्षित क्षेत्रको जग्गा मिचेर पर्खाल लगाइएको भन्दै दायर भएको रिट निवेदनमाथि बुधबार सुनुवाइ गर्दै न्यायाधीशद्वय राजेन्द्र सुवेदी र चन्द्रबहादुर सारुको संयुक्त इजलासले यस्तो आदेश दिएको हो ।
डिभिजन वन कार्यालयले संरक्षित क्षेत्रको सिमाना मिचेर पर्खाल लगाएकाले त्यसलाई रोक्न माग गर्दै अधिवक्ता शेरबहादुर खत्रीले रिट निवेदन दायर गर्नुभएमकामा उच्च अदालतले यसअघि नै उक्त कार्य रोक्न अन्तरिम आदेश दिइसकेको थियो ।
उच्च अदालतका प्रवक्ता सरोजनिधि वाग्लेले नापी कार्यालय, डिभिजन वन कार्यालय, वीरेन्द्रनगर नगरपालिकाको संयुक्त टोलीलाई एक महिनाभित्र कांक्रेविहार संरक्षित वन क्षेत्रको साँध सिमाना नापजाँच गर्न आदेश दिएको जानकारी दिए । अदालतको आदेशानुसार नापी कार्यालयले डिभिजन वन र नगरपालिकाका प्रतिनिधिको रोहबरमा नाप जाँच गर्नेछ ।
१७५ दशमलव ५० हेक्टर जमिन रहेको विहारले पर्खाल लगाउँदा पाँचदेखि सात मिटर जग्गा बाहिर छाडेको थियो तर निजी जग्गासँगकोे साँध सिमाना नछुट्याई उल्टै संरक्षित क्षेत्रको सात मिटरसम्म जग्गामा घेराबार गर्न थालिएपछि त्यसलाई रोक्न र पुनः नापजाँच गर्न रिटमा उल्लेख थियो । प्रदेश सरकारको सहयोगमा डिभिजन वन कार्यालयले विहार संरक्षित क्षेत्र घेराबारको योजना कार्यान्वयनमा ल्याएको थियो ।













गुल्मीमा विद्यार्थी बोकेको बसले ठक्कर दिँदा दुई जनाको मृत्यु
समानुपातिक अधिकार कुण्ठित गरिएकोमा विरोध
Accidents on rise along under-construction highway
Russian Foreign Minister congratulates newly-appointed Foreign Minister Sharma
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
यी हुन् राप्रपाका समानुपातिक उम्मेदवार
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
चन्द्र ढकालका छोरा सचिन बालेनको तर्फबाट रास्वपाको समानुपातिक सूचीमा
सामाजिक सञ्जालकाे होहल्ला हेर्दा विचारविहीनले देशै कब्जा गरिसके भन्नेजस्तो छ : प्रचण्ड
प्रतिक्रिया