दुई साताभित्र अस्ट्रेलियामा १० लाख कोरोना संक्रमित थप
मेरोन्यूज
२०७८ पुष २९ गते १५:००

काठमाडौँ । अस्ट्रेलियामा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या दिनप्रति दिन बढिरहेको छ । कोभिडको नयाँ भेरियन्ट देखिएसँगै संक्रमितको संख्या दिनहुँ बढिरहेको छ ।
बिहीबार एकै दिन एक लाख ४७ हजारमा कोभिड देखिएको छ । यो संख्या अस्ट्रेलियाका कोभिड देखिएपछिको अहिलेसम्मकै उच्च हो ।
संक्रमितमध्ये ९२ हजार जना न्यु साउद वेल्स (एनएसडब्लू)का छन् । पछिल्लो दुई सातामा अस्ट्रेलियामा १० लाख जनामा संक्रमण देखिएको छ । महामारी फैलिएपछि अहिलेसम्म १४ लाख जनामा संक्रमण देखिएको छ ।
अस्ट्रेलियामा पछिल्ले कोभिड लहरमा ५३ जनाको मृत्यु भइसकेको छ । तीमध्ये २२ जना एनएसडब्लूका छन् । ओमिक्रोन वेभको समयमा मृत्यु दर यसअघिको महामारीमा भन्दा न्यून रहेको जनाइएको छ ।
सम्बन्धित
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया