शुक्रबार, पुष १८, २०८२

शेयर बजारमा उच्च सुधार

मेरोन्यूज २०७८ पुष २९ गते १५:५२

काठमाडौँ । साताको अन्तिम दिन आज बिहीबार शेयर बजार उच्च अंकका साथ सुधार भएको छ । बुधबार ३० अंकले घटेको शेयर बजार आज ५४ अंकभन्दा बढीले बढेको छ ।

नेप्से परिसूचक ५४ दशमलव १२ अंकले बढेर २ हजार ८ सय ५७ दशमलव ७५ अंकले बढेको छ । शेयर कारोबार रकम भने घटेको छ ।

बुधबार ८ अर्ब माथिको शेयर कारोबार हुँदा आज ७ अर्बसमेत पुग्न सकेको छैन । दिनभर भएका करिब ६६ हजार कारोबारबाट २२४ कम्पनीका एक करोड १६ लाख कित्ता हाराहारीमा शेयर किनबेच भएको छ ।

जसअनुसार कारोबार रकम ६ अर्ब ६६ लाख ९७ हजार रुपैयाँ माथिको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया