गृहमन्त्री खाणसँग अस्ट्रेलियन राजदूत भोल्कको भेट
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी जेन भोल्कले शुक्रबार शिष्टाचार भेटघाट गरेका छन् ।
गृह मन्त्रालयमा भएको भेटमा अस्ट्रेलिया र नेपालबीचको मैत्रीपूर्ण सम्बन्ध अझै प्रगाढ बनाउनेबारे छलफल भएको थियो ।
भेटमा गृहमन्त्री खाणले विकासमा अस्ट्रेलियाले नेपाललाई गरिरहेको मद्दतका लागि धन्यवाद दिँदै कोभिड–१९ महामारी नियन्त्रणका लागि भ्याक्सिन सहयोग गर्न आग्रह गरेका थिए ।
त्यस्तै नेपालमा रहेका शरणार्थी व्यवस्थापन र नेपाली विद्यार्थीलाई अष्ट्रेलियामा पढ्न सहज हुने व्यवस्था गरिदिन उनले आग्रह गरेका थिए ।
‘नेपालमा रहेका शरणार्थीको व्यवस्थापन र नेपाली विद्यार्थीलाई अस्ट्रेलियामा अध्ययनमा सहज व्यवस्था मिलाउन अस्टेलियन सरकारसँग आग्रह छ,’ गृहमन्त्री खाणले भने, ‘त्यहाँ अध्ययनरत विद्यार्थीले पढाइका अलवा हप्तामा २० घण्टा काम गर्न पाउँछन् । त्यो समय केही बढाउने बातावरण मिलाउन पनि आग्रह छ ।’
जवाफमा नेपालका लागि अस्ट्रेलियन राजदूत भोल्कले नेपाल पुरानो मित्र भएकाले आफूहरूले सक्ने सहयोग गर्न सदैव तयार रहेको बताएका थिए । उनले नेपाली विद्यार्थीलाई अध्ययनका लागि सहज वातावरण निर्माणबारे आफूले पहल गर्ने बताएका थिए ।













सुरक्षा परिषद्को आपत्कालीन बैठक बोलाउन भेनेजुएलाको माग
समानुपातिक उम्मेदवारी फिर्ता लिने सचिन ढकालको घोषणा
आवासीय क्षेत्रमा अमेरिकाले बम आक्रमण गरेको भेनेजुएलाका रक्षामन्त्रीको भनाइ
गौशालामा गाई मर्न थालेपछि व्यवस्थापनका लागि आग्रह
२०२५ मा नेपालीहरूले टिकटकमा के–के खोजे ? (सूचीसहित)
पुस १७ गते बिहिवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
प्रतिक्रिया