कृषि औजारसहित जनमत पार्टीको प्रदर्शन

भैरहवा । रुपन्देहीको भैरहवामा सीके राउत नेतृत्वको जनमत पार्टीले कृषि औजारसहित प्रदर्शन गरेको छ ।
जनमत पार्टी जिल्ला समन्वय समिति रुपन्देहीको आयोजनामा किसानको माग सम्बोधन गर्न माग गर्दै जनमत पार्टीका नेता कार्यकर्ता र किसानले कृषि औजारसहित प्रदर्शन गरेका हुन् ।
कृषि औजार कोदालो, फरुवा, हलोलगायतका समाग्री बोकेर ¥यालीसहित भैरहवाको बुद्धचोक हुँदै नगरको विभिन्न क्षेत्रमा परिक्रमा गरी जिल्ला प्रशासन कार्यालयमा पुगेका जनतम पार्टीका नेताहरूले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।
किसानको माग सम्बोधन गर्न उच्चस्तरीय समिति गठन, समयमा मल र बिउको व्यवस्था तथा फसलको उचित समर्थन मूल्य माग गर्दै जनमत पार्टीले तराईका विभिन्न जिल्लामा आन्दोलन गर्दै आएको छ ।
तीन सप्ताहदेखि आन्दोलित किसानको जायज मागहरूलाई सरकारले हालसम्म पनि पूर्ण रूपमा बेवास्ता गरिराखेको र उल्टै किसान आन्दोलनमाथि दमन गर्न व्यापक बल प्रयोग गरेकाले आन्दोलनका कार्यक्रम तय गरिएको जनमत पार्टीका केन्द्रीय सचिव भुपेन्द्र यादवले बताए ।














पुस १९ गते शनिबारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई
कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति
गैरकानुनी रूपमा अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
प्रतिक्रिया