कृषि औजारसहित जनमत पार्टीको प्रदर्शन

भैरहवा । रुपन्देहीको भैरहवामा सीके राउत नेतृत्वको जनमत पार्टीले कृषि औजारसहित प्रदर्शन गरेको छ ।
जनमत पार्टी जिल्ला समन्वय समिति रुपन्देहीको आयोजनामा किसानको माग सम्बोधन गर्न माग गर्दै जनमत पार्टीका नेता कार्यकर्ता र किसानले कृषि औजारसहित प्रदर्शन गरेका हुन् ।
कृषि औजार कोदालो, फरुवा, हलोलगायतका समाग्री बोकेर ¥यालीसहित भैरहवाको बुद्धचोक हुँदै नगरको विभिन्न क्षेत्रमा परिक्रमा गरी जिल्ला प्रशासन कार्यालयमा पुगेका जनतम पार्टीका नेताहरूले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।
किसानको माग सम्बोधन गर्न उच्चस्तरीय समिति गठन, समयमा मल र बिउको व्यवस्था तथा फसलको उचित समर्थन मूल्य माग गर्दै जनमत पार्टीले तराईका विभिन्न जिल्लामा आन्दोलन गर्दै आएको छ ।
तीन सप्ताहदेखि आन्दोलित किसानको जायज मागहरूलाई सरकारले हालसम्म पनि पूर्ण रूपमा बेवास्ता गरिराखेको र उल्टै किसान आन्दोलनमाथि दमन गर्न व्यापक बल प्रयोग गरेकाले आन्दोलनका कार्यक्रम तय गरिएको जनमत पार्टीका केन्द्रीय सचिव भुपेन्द्र यादवले बताए ।
















पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा समायोजन गर्न यातायात व्यवसायीकाे माग
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
भारतको एससीबी अस्पतालमा भएको आगलागीमा परी १० जनाको मृत्यु
सन नेपाल लाइफले गर्यो २०८३ सालको क्यालेन्डर लोकार्पण
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
आयल निगमले भन्याे- ग्यासको आयात निरन्तर छ, अनावश्यक सञ्चिती नगरौँ
प्रतिक्रिया