स्कुलका बालबालिकालाई शौच गर्न जंगलमा !

सुर्खेत । नेपालमा उच्च ओहदाका मानिसहरू हेलिकप्टरबाट झर्दा रातो कार्पेट ओछ्याइन्छ । तर, देशका भविष्य मानिने विद्यार्थीहरूका लागि एउटा कार्पेटसम्म हुँदैन, त्यस्तै समस्या छ सुर्खेतको बराहताल गाउँपालिका–६ को जनजागरण प्राथमिक विद्यालयको ।
सोही विद्यालयमा बराहताल इखेनीकी ६ वर्षीया हस्तना विक जनजागरण प्राथमिक विद्यालय कक्षा १ मा पढ्छिन् । उनको साथमा नत झोला छ, नत न्यानो कपडा नै थिए । चिसोले कापिरहेकी थिइन् ।
त्यस्तै सोही ठाउँकै अर्का लोकेन्द्र विकको पनि अवस्था उस्तै छ । उनीहरू दुई जना एक प्रतिनिधि पात्र मात्र हुन् । सोही विद्यालयमा अध्यनरत १०४ जना विद्यार्थीमध्ये अधिकांशको अवस्था उनी लोकेन्द्र र हस्तनाको जस्तै छ ।
भेरीको छेउमै रहेको यो विद्यालयका विद्यार्थीका लागि न्यानो लुगा कपडा र झोला त परै जाओस्, उनीहरूसँग लगाउने जुत्ताचप्पल समेत छैनन् ।
२०६२ सालमा तत्कालीन विद्रोही माओवादीले बसाएको थियो । भेरी किनारको वनक्षेत्र फडानी गरेर विभिन्न जिल्लाका ५० परिवार ल्याएर यहाँ राखिएको थियो ।
यातायात, विद्युत, विद्यालय, खानेपानी, सिँचाइलगायतका सुविधाबाट विमुख इखेनी बस्तीले गाउँमा खानेपानी पाएपनि विद्यालयको खानेपानी समस्या भने ज्यूँकात्यूँ रहेको छ । विद्यालयमा खानेपानी धारा बनाउन भने पनि वडा कार्यालयले वास्ता नगरेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष उज्वल कामी बताउँछन् ।
शिक्षक अपुग
जनजागरण प्राथमिक विद्यालयमा कक्षा ५ सम्म पढाइ हुन्छ । त्यसपछि थप अध्ययनको लागि चेपाङ पुग्छन् । कक्षा ५ सम्म अध्ययन हुने गरे पनि शिक्षक अपुगका कारण पठनपाठनमा समस्या भएको विद्यालयका शिक्षक रमेश नामजाली बताउँछन् ।
२०६५ सालमा स्थापना भएको जनजागरण प्राविमा दुई जना शिक्षकको दरबन्दी छ । एक पद रिक्त रहेको छ । स्थानीय शिक्षक राख्न विद्यालयसँग स्रोत छैन ।
विद्यालयमा हाल एक जना दरबन्दी, एक जना स्थानीय स्रोत, एक जना राहत, एक जना करारसहित पाँच जना मात्र शिक्षक छन् । विद्यालयमा शिक्षक अपुग मात्र नभएर खानेपानी र शौचालयसम्मको अभाव छ ।
शौचालय र पानीको अभावले विद्यार्थीहरू जंगलतिर
विद्यालयमा शौचालय र पानी नहुँदा विद्यार्थीहरू जंगल दुगुर्नुपर्ने बाध्यता छ । विद्यालयका भवन पनि जीर्ण छन् । शौचालय पनि जीर्ण हुँदा विद्यार्थीहरू शौचालय नगएर जंगलतिर दुगुर्नुपर्ने बाध्यता रहेको शिक्षक नामजाली बताउँछन् । विद्यालयमा शौचालय र पानी नै हुँदैन,’ उनले भने, ‘शौचालय पनि जीर्ण छ । विद्यार्थी जान डराउँछन् । जस्का कारण शौचको लागि जंगल जानुपर्ने बाध्यता छ ।’
चार वर्ष पुरानो च्यातिएका कार्पेटमा बस्छन् विद्यार्थी

२०६२ सालमा तत्कालीन विद्रोही माओवादीले बसाएको यो बस्तीका सबैजसो परिवार भारत नगए चुलो बल्दैन । अत्यधिक गरिबीको चपेटामा रहेको यहाँको विद्यालयमा पर्याप्त रुपमा भौतिक पूर्वाधारको सामग्रीबाट बञ्चित छ । पर्याप्त रुपमा बस्ने डेस्क बेन्चहरू छैनन् । विद्यार्थीहरू चार वर्षअघिको च्यातिएर प्वाल परेको कार्पेटमा बस्नुपर्ने बाध्यता रहेको विद्यालयका शिक्षक नामजाली बताउँछन् ।
विद्यालयको स्रोतबाट विद्यालयमा शिक्षकसम्म छैनन्,’उनले भने, ‘बेन्ज डेस्क किनेर कसरी राख्नु । हाम्रा नेताज्युका कानमा कोले सुनाइदेला ‘तपाईलाई हेलिकप्टरबाट झर्दा रातो कार्पेट चाहिन्छ, यता देशको भविष्य पढ्नेबेला ओछ्उने कार्पेट नपाएर चिसो ठाउँमा बसेर पढ्छन् ।’ (न्युज कारखाना)













बुद्ध एयर जहाज दुर्घटना अपडेट : सहचालक सहित सात यात्रु सामान्य घाइते
विदेशी मुद्राको विनिमयदर: अमेरिकी डलरको भाउ निरन्तर उकालो
पुस १९ गते शनिबारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई
कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
प्रतिक्रिया