केएमसीका सञ्चालकमाथि मन्त्रालयभित्रै दुब्यर्वहार
कालोमोसो दलेको आरोपमा पाँच जना पक्राउ

काठमाडौं । काठमाडौं मेडिकल कलेजका सञ्चालक डा. सुनिल शर्मालाई विद्यार्थी संगठनका नेताहरूले कालोमोसो दलेका छन् ।
मेडिकल कलेजले लिँदै आएको शुल्क विवादसम्बन्धी विद्यार्थी र मन्त्रीसँग मन्त्रालयमा वार्ता सकाएर निस्कने क्रममा शुक्रबार शर्मालाई सिंहदरबारभित्रै विद्यार्थीहरुले कालोमोसो दलिदिएका हुन् ।
मन्त्रालयबाट बाहिरिँदै गर्दा विद्यार्थी नेताले नमस्कार सर भनेका थिए । तर, शर्माले नमस्कार फर्काउन नपाउँदै उनीमाथि कालोमोसो दलिएको प्रत्यक्षदर्शीले बताए ।
शुक्रबार मन्त्रालयमा विद्यार्थी, अभिभावक, काठमाडौं विश्वविद्यालयका प्रतिनिधि, केएमसी कलेजका प्रतिनिधि, चिकित्सा शिक्षा आयोगका पदाधिकारीबीच छलफल थियो ।
शर्मालाई कालोमोसो दलेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले अनरास्ववियुका उपमहासचिव महेश श्रेष्ठ, स्थायी कमिटी सदस्य अमर पुनलगायतलाई नियन्त्रणमा लिएको छ ।
काठमाडौं मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा ६ लाख रुपैयाँसम्म अतिरिक्त शुल्क लिएको भन्दै त्यहाँ अध्ययनरत विद्यार्थी महिनौदेखि आन्दोलनमा छन् । उनीहरुको आन्दोलनलाई विप्लव निकट विद्यार्थीहरुले साथ दिर्दै आएका छन् ।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया