फक्सवागनको टप–क्लास मोडल ट्वारेग–आर नेपाली बजारमा

काठमाडौँ । नेपालका लागि फक्सवागन गाडीको आधिकारिक वितरक पुजा इन्टरनेसनल नेपाल प्रा. लि.ले कम्पनीको टप रेञ्जको फ्ल्यागसिप मोडल ट्वारेग–आर नेपाल भित्र्याएको छ । पहिलेदेखि नै लोकप्रिय ट्वारेग अब आर–ट्रिटमेन्टका साथ प्रशस्तै फिचर थप भएर आएको छ ।
क्लास लिडिङ ठूला एसयूभीका लागि फक्सवागन विश्वमै परिचित छ । नयाँ एसयूभी ट्वारेग–आर विश्व प्रसिद्ध ६ सिलिन्डर भी ६, ३.० लिटर टबोचाज्र्ड पेट्रोल इञ्जिनद्वारा सञ्चालित छ, जसले ५३००–६४०० आरपीएममा ३४० पीएस पावर र १३७०–४५०० आरपीएममा ४५० एनएम टर्क जेनेरेट गर्छ ।
नयाँ ट्वारेग–आरमा आठ स्पिड अटोमेटिक गियरबक्स, २० इन्चको एलोय ह्वील, ट्र्याक्सन कन्ट्रोल र फोर ह्विल ड्राइभ रहेको छ । जसले अत्यन्तै प्रतिकूल मौसम तथा रोडमा पनि सिमलेस ड्राइभिङको अनुभव दिन्छ ।
नयाँ एसयूभी ट्वारेग–आरले बजारमा आफ्नो उपस्थिति बलियो प्रमाणित गर्ने विश्वास गरिएको छ । कम्पनीले नयाँ ट्वारेग–आरको प्रारम्भिक मूल्य ३.२५ करोड राखेको छ जुन बियम्डब्लु एक्स फैब, रेण्ज रोभर स्पोर्ट्स आदिसँग प्रतिस्पर्धा गर्ने छ ।

















झापा-५ पुगेर प्रधानमन्त्रीले गरिन् मतदान
निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे
उदयपुरमा गोली चल्दा मतपेटिकामा क्षति
चुनावमा कसैको बहुमत आउँदैन, नयाँ र पुराना भन्ने भाष्य नै गलत छ : प्रचण्ड
अनिवार्य रूपमा मताधिकार प्रयोग गर्न प्रधानमन्त्रीको आग्रह
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
प्रतिक्रिया