शुक्रबार, पुष १८, २०८२

बोलेरोले ठक्कर दिँदा दुई जना गम्भीर घाइते

मेरोन्यूज २०७८ माघ २ गते १२:११

काठमाडौँ । धारामा कपडा धोइरहेका दुई जनालाई बोलेरोले ठक्कर दिँदा गम्भीर घाइते भएका छन् । ओखलढुंगा जिल्लाको सिद्धचरण नगरपालिका २ निशंखेस्थित धारामा कपडा धोइरहेका चण्डिका फुयाँल र रूपा दाहाललाई सडकमा गुडिरहेको बोलेरो ब्रेक फेल भएर ठक्कर दिएको थियो ।

ना १ ज ४९५१ नम्बरको नौ जना यात्रु बोकेको बोलेरो ब्रेक फेल भएर अनियन्त्रत हुँदा धारामा कपडा धुदै गरेकालाई ठक्कर दिन पुगेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक उद्धव पोखरेलले जानकारी दिए ।

उनका अनुसार अन्य यात्रुलाई सामान्य चोट लागेको छ । गम्भीर घाइते दुई जनालाई उपचारका लागि सामुदायिक अस्पताल मिसन पठाइएको छ । चालक तथा सवारी नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया