बोलेरोले ठक्कर दिँदा दुई जना गम्भीर घाइते
मेरोन्यूज
२०७८ माघ २ गते १२:११
काठमाडौँ । धारामा कपडा धोइरहेका दुई जनालाई बोलेरोले ठक्कर दिँदा गम्भीर घाइते भएका छन् । ओखलढुंगा जिल्लाको सिद्धचरण नगरपालिका २ निशंखेस्थित धारामा कपडा धोइरहेका चण्डिका फुयाँल र रूपा दाहाललाई सडकमा गुडिरहेको बोलेरो ब्रेक फेल भएर ठक्कर दिएको थियो ।
ना १ ज ४९५१ नम्बरको नौ जना यात्रु बोकेको बोलेरो ब्रेक फेल भएर अनियन्त्रत हुँदा धारामा कपडा धुदै गरेकालाई ठक्कर दिन पुगेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक उद्धव पोखरेलले जानकारी दिए ।
उनका अनुसार अन्य यात्रुलाई सामान्य चोट लागेको छ । गम्भीर घाइते दुई जनालाई उपचारका लागि सामुदायिक अस्पताल मिसन पठाइएको छ । चालक तथा सवारी नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित















घुस लिएको आरोपमा सई दिनेश राउतविरुद्ध मुद्दा दायर
तेह्रथुममा नौ दिनदेखि हराइरहेकी महिला मृत फेला
सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश, हर्कले गरे स्वागत
क्रुज जहाजमा हान्ताभाइरस सङ्क्रमण, डब्लुएचओले भन्यो– सर्वसाधारणलाई जोखिम न्यून
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया