कोरोना कहर
कोरोनाले ‘ए’ डिभिजन लिग प्रभावित
च्यासल युथ क्लबका १९ खेलाडीलाई कोरोना देखियो
मेरोन्यूज
२०७८ माघ २ गते १५:०७

काठमाडौं । केही दिनयता तीब्र रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमण खेलाडीहरुमा पनि भेटिएपछि जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग प्रतियोगिता प्रभावित भएको छ ।
नेपाल पुलिस क्लबविरुद्ध आइतबार खेल्न तयार भएको च्यासल युथ क्लवका १९ जना खेलाडीमा कोरोना देखिएको छ ।
च्यासलका १९ खेलाडीमा कोरोना देखिएपछि आइतबार अपरान्ह पौने ५ बजे तय खेल स्थगित भएको छ ।
यसअघि प्रि–म्याचमा च्यासलका सहायक प्रशिक्षक आशीष राना मगरले डिफेन्डर कमल श्रेष्ठ र गोलकिपर प्रदीप भण्डारीलाई कोरोना देखिएको बताएका थिए । त्यसपछि गरिएको अन्य खेलाडीको रिपोर्टसमेत पोजिटिभ आएपछि खेल स्थगित गरिएको हो ।
पुलिस आठ खेलमा सात अंक जोडेर ११औं र च्यासल आठ खेलमा पाँच अंक जोडेर १३औं स्थानमा छ । ‘ए डिभिजन लिग कोरोनाको कारण स्थगित भएको पहिलोपटक हो । स्थगित खेल कहिले हुने त्यो भने बताइएको छैन ।
सम्बन्धित









प्रधानमन्त्रीको सचिवालयमा अब कति जना ?
दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण
रास्वपा र विवेकशील साझाबीच एकता हुने
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
बलिउड अभिनेता धर्मेन्द्रको निधन
प्रतिक्रिया