सरकारको निर्णय
माघ १५ सम्म आंशिक ‘लकडाउन’

काठमाडौं । सरकारले आगामी १५ दिन आंशिक ‘लकडाउन’ को निर्णय गरेको छ ।
सरकारले आगामी माघ १५ गतेसम्म सिनेमा हल, डान्सबार, दोहोरी, नाँचघर क्लब, हेल्थ क्लव, पटके हाटबजार, जिम हल लगायतका क्षेत्रहरु बन्द गर्ने निर्णय गरेको हो ।
शुक्रबार बसेको मन्त्रिपरिषदको निर्णय आइतबार सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र कार्कीले कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि सरकारले यस्तो निर्णय गरेको बताए ।
यसअघिको अवस्थामा पार्टी प्यालेसहरु पनि बन्द गरिएका थिए । तर यो पटक सरकारले पार्टी प्यालेसमा कुल क्षमताको बढिमा ५० जना मात्रै उपस्थित हुन पाइने ब्यवस्था गरेको छ ।
माघ महिना विशेषगरी विवाह ब्रतबन्धको समय भएकाले यस्ता समारोहका लागि सम्बन्धित जिल्ला अधिकारीबाट पूर्व स्वीकृति लिनुपर्ने पनि मन्त्री कार्कीले बताए ।
त्यस्तै, डिर्पाटमेन्ट स्टोर, सपिङमल लगायतका क्षेत्रमा एकपटकमा २५ जना मात्रै जान पाइने र दुई व्यक्तिबीच दुई मिटर दुरी हुनुपर्ने, सामान छुन नपाइने, र जनस्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्नुपर्नेछ ।
















‘एमआरपी’ कार्यान्वयन गर्न खोज्दा वीरगञ्ज भन्सारको जाँचपास रोकियो
बाँकेको नरैनापुरमा आगलागी, १३ घरगोठ जलेर ध्वस्त
सिटिजन्स बैंक खुला टेनिस : प्रणव र दर्शिल क्वाटरफाइनलमा
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
सभामुख अर्यालसँग चिनियाँ राजदूतको शिष्टचार भेट
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
प्रतिक्रिया