अफगानिस्तानलाई नेपालद्वारा सहायता सामग्री हस्तान्तरण

काठमाडौं । नेपालले अफगानिस्तानका जनतालाई मानवीय सहायता सामग्री प्रदान गरेको छ ।
नेपाली जनताका तर्फबाट प्रदान गरिएका मानवीय राहत सामग्री परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्सालले आज अपराह्न काबुलस्थित हमिद कारजायी अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक सक्षिप्त समारोहमा अफगानिस्तानस्थित संयुक्त राष्ट्रसङ्घका महासचिवका उपविशेष प्रतिनिधि डा रामिज अलकबरोभलाई हस्तान्तरण गरे ।
अफगानिस्तानको अहिलेको प्रतिकूल मौसम तथा विषम राजनीतिक परिस्थितिलाई दृष्टिगत गरी त्यहाँका नागरिकलाई अन्तर्राष्ट्रिय समुदायबाट मानवीय सहायता जुटाउन भारतसहितका देशले सहयोग गरेसँगै परराष्ट्रमन्त्री डा नारायण खड्काको अगुवाइमा नेपालबाट औषधि, लत्ताकपडा र घरायसी सामान सङ्कलन गरेर आइतबार काबुल पठाइएको हो ।
नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्श, नेपाल उद्योग परिसङ्घ, अवैतनिक महावाणिज्य दूतावास नेपाल, अग्रवाल सेवा केन्द्र, हिमालय एयरलाइन्सलगायत निजी क्षेत्रका शीर्ष निकाय, सङ्घसंस्था र व्यक्तिले सहायता सामग्री उपलब्ध गराएका परराष्ट्र मन्त्रालयले जनाएको छ ।
















पश्चिमी वायुको प्रभावले देशका विभिन्न भागमा बदली, केही स्थानमा मेघगर्जनसहित वर्षा हुने
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया