ब्यवसायीको मागः जनकपुर राजधानी, मधेस प्रदेश

जनकपुरधाम । जनकपुरधाम उद्योग वाणिज्य संघले प्रदेशको २ को स्थायी राजधानी जनकपुरधामलाई मुख्यमन्त्री लालबाबु राउतदेखि सम्पूर्ण पार्टीका संसदीय दलका नेतालाई ज्ञापनपत्र बुझाएको छ ।
संघका अध्यक्ष जितेन्द्र महासेठ नेतृत्वको जनकपुरधाम उद्योग वाणिज्य संघका पदाधिकारीले आइतबार मुख्यमन्त्री राउत, सभामुख सरोज कुमार यादव, प्रमुख प्रतिपक्षी दलका नेता जितेन्द्र सोनल, कांग्रेसका दलका नेता रामसरोज यादव, नेकपा एमालेका सांसद किशोरी साहलाई अलग–अलग ज्ञापन पत्र बुझाएका हो ।
त्यसैगरि, नेकपा एसका संसदीय दलका नेता तथा उद्योग पर्यटन तथा वन मन्त्री सत्रुधन महतो र माओवादी केन्द्रका संसदीय दलका नेता आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत साहलाई पनि ज्ञापनपत्र बुझाएको छ ।
प्रदेशसभाको गठन भएको झण्डै ४ वर्ष भइसक्दा पनि प्रदेशको नाम र राजधानीमा दलहरूबीच नहुनु दुःखद र खेदजनक विषय रहेको भन्दै संघले तत्काल दुवै विषयको टुंगो लगाउन दलहरूसँग आग्रह गरेको छ ।
प्रदेश २ का राजनीतिक दलका नेताहरूलाई ज्ञापन पत्र बुझाउँदै सोमबार हुन लागेको मतदानबाट अस्थायी रहेको जनकपुरधामलाई स्थायी राजधानी बनाई बिलम्ब नगर्न आग्रह गरेका छन् । विभिन्न आन्दोलन र त्याग बाट प्राप्त भएको संघीयतामा प्रदेश २ का सर्वसाधारण जनताले मधेस प्रदेशसहित समुन्नत नेपालको सपना देखेको संघको भनाई छ ।
मधेस आन्दोलन, मधेसी सहिद र जनताको सपना मधेस प्रदेशलाई दर्साइएकाले समेत यी तर्कले संघले प्रदेश २ को नाम पनि मधेश नै राख्नु पर्ने माग गरेको देखिन्छ ।
टोलीमा संघको वरिष्ठ उपाध्यक्ष मिनष रमण साह, महासचिव मनोज कुमार साह, सचिव फुलदेव पण्डित, कोषाध्यक्ष सहितका पदाधिकारी र सदस्यहरूको सहभागिता थियो ।










तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रवि लामिछाने र बालेनबीच भेटवार्ता
कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
क्षेप्यास्त्र कार्यक्रममा कुनै सम्झौता हुँदैन -इरान
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
प्रतिक्रिया