सुदूरपश्चिममा आज थप १८४ मा सक्रमित, एकको मृत्यु

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा आज थप १८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट एक हजार ४८७ जनाको नमूना परीक्षण गर्दा १८४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
पीसीआरमार्फत सात र एन्टिजेनमार्फत १७७ जनामा पुष्टि भएको हो । पीसीआरमार्फत कमलबार अस्पतालमा सात र एन्टिजेनमार्फत कञ्चनपुरका ९३, कैलालीका ७७, बैतडीका सात र दार्चुलाका पाँच जनामा सङ्क्रमण पुष्टि भएको छ ।
गएको २४ घण्टामा प्रदेशभर आठ जना निको भएका छन् । सो अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको मृत्यु भएको छ । बाजुराको खप्तडछेडेदह–२ का ५१ वर्षीय सङ्क्रमित पुरुषको मृत्यु भएको हो । यसअघि शनिबार यस प्रदेशमा २८३ जनामा सङ्क्रमण पुष्टि हुँदा आठ जना निको भएका थिए । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६१६ जनाको ज्यान गइसकेको छ ।















एक करोड १६ लाख नगदसहित दुई हुण्डी कारोबारी पक्राउ
प्रधानमन्त्री कार्कीद्धारा काठमाडौँ जिल्ला प्रशासन कार्यालयको निरीक्षण
कालीकोटमा करेन्ट लागेर एक जनाको मृत्यु
पौडी खेल्ने क्रममा बालक महाकालीमा बेपत्ता
चिकित्सा शिक्षा अध्ययनको आकर्षण केन्द्र बन्दै कर्णाली स्वास्थ्य विज्ञान
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
प्रतिक्रिया