आइतबार, मंसिर २१, २०८२

आजको मौसम कस्तो ? महाशाखाले गर्यो आग्रह

मेरोन्यूज २०७८ माघ ३ गते ६:३९

काठमाडौँ । हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । जसका कारण प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

साथै देशका अन्य प्रदेशका पहाडी भागहरुमा मौसम सामान्यतया सफा रहेको छ । तराईका धेरै स्थानहरुमा हुस्सु कुहिरो लागि रहेको छ ।

मौसम पूर्वानमान महाशाखाका अनुसार आज सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमापात हुने सम्भावना छ ।

यस्तै, राति पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा आंशिक बदली रहने छ । देशका उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

महाशाखाले देशभर चिसो अझै बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।

प्रतिक्रिया