मृतकका परिवारलाई आर्थिक सहयोग
काठमाडौँ । स्याङ्जाको वालिङ नगरपालिकाले कोभिड–१९ का कारण ज्यान गुमाएकाको परिवारलाई २५ हजार उपलब्ध गराएको छ । नगरपालिकाले विशेष गरी मानवीय क्षतिप्रति राहत र काजकिरिया खर्चबापत केही रकम उपलब्ध गराउँदै आएको जनाएको छ ।
नगर प्रमुख दिलीपप्रताप खाँणले भने “कोभिड–१९ को महामारीका समयमा परिवारको सदस्य गुमाएर पीडामा परेका बेला अभिभावकका रुपमा रहेको नगरपालिकाको तर्फबाट तत्कालका लागि राहत र काजकिरियाका लागि रकम उपलब्ध गराउँछौँ ।”
नगरपालिकाले बनाएको विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि २०७७ लाई आधार मानेर कार्यपालिका बैठकबाट निर्णय गरी राहतस्वरुप उपलब्ध गराइएको उनले जानकारी दिए । नगरपालिकाको विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि २०७७ अनुसार रकम वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले जानकारी दिए ।
“चालु आर्थिक वर्षको सुरुआतबाट राहत र काजकिरियाका लागि रु २५ हजार उपलब्ध गराउन सुरु गरेका हौँ”, उनले भने, “गत पुसको १५ सम्ममा ४९ ले लगिसक्नुभएको छ भने अब प्रक्रियामा ६० भन्दा धेरै हुनुहुन्छ, अझै निवेदन आइरहेकाले सङ्ख्या बढ्ने देखिन्छ ।” नगरपालिकाले गत पुस १५ सम्ममा ४९ जनालाई राहत र काजकिरियाबापत रु १२ लाख २५ हजार उपलब्ध गराइसकेको लेखा सहायक ईश्वरीप्रसाद तिवारीले बताए ।
भुक्तानी दाबी गर्नका लागि कोभिड–१९ का कारण मृत्यु भएको अस्पतालले उपलब्ध गराएको प्रमाण, सम्बन्धित वडाको मृत्युदर्ताको प्रमाण तथा सिफारिससहित नगरपालिका कार्यालयमा निवेदन दिएपछि मृतकको परिवारभित्रको सदस्यलाई रकम उपलब्ध गराइने नगरपालिकाले जनाएको छ ।

















हुम्लामा शान्तिपूर्ण रूपमा मतदान जारी
एमाले अध्यक्ष ओलीले गरे मतदान
महासंघ अध्यक्ष ढकालले काठमाडौँको विशालनगरस्थित मतदान केन्द्रबाट गरे मतदान
मेचीनगरमा १०४ बर्षीय बृद्धाले हालिन् भोट
रसुवामा मतदान जारी
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
इरानी आक्रमणमा अमेरिकी एफ-१५ लडाकु जेट कुवेतमा खस्याे
इरानमा फसेका विद्यार्थीहरूलाई बाहिरिन अनुमति
प्रतिक्रिया