भारतमा दुई लाख ५८ हजार नयाँ संक्रमित थपिए
काठमाडौँ । भारतमा कोरोना भाइरस (कोभिड–१९)बाट पछिल्लो एक दिनमा थप दुई लाख ५८ हजार ८९ जना संक्रमित भएका छन् । अघिल्लो दिनको तुलनामा दैनिक संक्रमितहरुको संख्या घटेको देखिएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार जनाएको छ ।
आइतबार सार्वजनिक गरिएको विवरणअनुसार पछिल्लो २४ घण्टामा दुई लाख ७१ हजार २०२ जना नयाँ संक्रमित थपिएका थिए । भारतमा अहिलेसम्म कूल तीन करोड ७३ लाख ८० हजार २५३ जना कोरोनाबाट संक्रमित भएका छन् ।
तीमध्ये १६ लाख ५६ हजार ३४१ जना अहिले पनि संक्रमित अवस्थामै छन् । संक्रमित अवस्थामै रहेकाको संख्या दिनप्रति दिन बढ्दै गइरहेको पनि मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । अहिलेसम्म संक्रमितमध्ये आठ हजार २०९ जना मात्रै ओमिक्रोनबाट संक्रमित रहेको पाइएको छ ।
पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट संक्रमणमुक्त भएकाहरुको संख्या एक लाख ५१ हजार ७४० रहेको छ । यस्तै, पछिल्लो एक दिनमा ३८५ जनाको कोरोनाबाट मृत्यु भएको छ । अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या चार लाख ८६ हजार ४५१ पुगेको छ ।

















हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
काठमाडौं महानगरले चैत १६ गतेदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
विश्वकपमा इरानको समर्थन गर्दा केइसुके होन्डाले अमेरिकी विज्ञापन सम्झौता गुमाए
प्रतिक्रिया