भारतमा दुई लाख ५८ हजार नयाँ संक्रमित थपिए
काठमाडौँ । भारतमा कोरोना भाइरस (कोभिड–१९)बाट पछिल्लो एक दिनमा थप दुई लाख ५८ हजार ८९ जना संक्रमित भएका छन् । अघिल्लो दिनको तुलनामा दैनिक संक्रमितहरुको संख्या घटेको देखिएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार जनाएको छ ।
आइतबार सार्वजनिक गरिएको विवरणअनुसार पछिल्लो २४ घण्टामा दुई लाख ७१ हजार २०२ जना नयाँ संक्रमित थपिएका थिए । भारतमा अहिलेसम्म कूल तीन करोड ७३ लाख ८० हजार २५३ जना कोरोनाबाट संक्रमित भएका छन् ।
तीमध्ये १६ लाख ५६ हजार ३४१ जना अहिले पनि संक्रमित अवस्थामै छन् । संक्रमित अवस्थामै रहेकाको संख्या दिनप्रति दिन बढ्दै गइरहेको पनि मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । अहिलेसम्म संक्रमितमध्ये आठ हजार २०९ जना मात्रै ओमिक्रोनबाट संक्रमित रहेको पाइएको छ ।
पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट संक्रमणमुक्त भएकाहरुको संख्या एक लाख ५१ हजार ७४० रहेको छ । यस्तै, पछिल्लो एक दिनमा ३८५ जनाको कोरोनाबाट मृत्यु भएको छ । अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या चार लाख ८६ हजार ४५१ पुगेको छ ।











नेकपा (माओवादी) ले गर्यो संघर्षका कार्यक्रम घोषणा
राष्ट्रपति पौडेल र पूर्वप्रधानमन्त्री नेपालबीच भेटवार्ता
प्रधानमन्त्री कार्कीले देउवा, ओली र प्रचण्डसँग संयुक्त छलफल गर्दै
भियतनाममा यात्रुबाहक बस दुर्घटना, कम्तीमा ७ जनाको मृत्यु
७५० केजी गाँजासहित दुई जना पक्राउ
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
राप्रपा र राप्रपा नेपालकाे सरप्राइज एकता घाेषणा
प्रतिक्रिया