विप्लव र किराँती नेतृत्वको पार्टीबाट दर्जन बढी वैद्य माओवादीमा प्रवेश

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव नेतृत्वको नेकपा र गोपाल किराँती नेतृत्वको माओवादी केन्द्रका दर्जन बढी नेता कार्यकर्ता मोहन वैद्य नेतृत्वको नेकपा –क्रान्तिकारी माओवादी)मा प्रवेश गरेका छन् ।
विप्लव नेतृत्वका नेकपाबाट घनश्याम श्रेष्ठ पुस्कर नेतृत्वमा र किराँती नेतृत्वको माओवादीबाट विमलको अगुवाईमा एक दर्जन नेता कार्यकर्ता क्रान्तिकारी माओवादीमा प्रवेश गरेको क्रान्तिकारी माओवादीका केन्द्रीय श्रेष्ठ सुरेश श्रेष्ठले जानकारी दिए ।
विप्लव नेकपा देश र जनताको लागि संघर्षरत नभई ब्यक्ति केन्द्रित भई तीन बुँदे सहमति गरेकाले आफूहरु क्रान्तिकारी पार्टीमा ध्रुवीकृत भएको विप्लव नेकपा छाडेका पुस्करले बताए ।
माओवादी कम्युनिस्ट पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टीमा आवद्ध नेता कार्यकर्तामा आवद्ध भएकाहरुको नेकपा (क्रान्तिकारी माओवादी)मा पुनर्मिलन भनी आयोजित कार्यक्रममा महासचिव मोहन वैद्यले पार्टीमा स्वागत गरेका थिए ।
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया