अब एक नम्बर प्रदेश मात्र नामविहीन

काठमाडौं । लामो समयपछि प्रदेश २ को नाम टुंगिएपछि अब प्रदेश १ को मात्रै नामाकरण बाँकी रहेको छ ।
यसअघि ३ नम्बर प्रदेशको बाग्मति, ४ नम्बर प्रदेशको गण्डकी, ५ नम्बर प्रदेशको लुम्बिनी, ६ नम्बर प्रदेशको कर्णाली र ७ नम्बर प्रदेशको सुदूरपश्चिम नामाकरण भइसकेको छ ।
सोमवार मात्रै प्रदेश २ को नाम पनि टुंगो लागेको छ । सोमवार प्रदेशसभामा मतदानबाट प्रदेशको नाम मधेस र स्थायी राजधानी जनकपुरधामलाई बनाउने टुंगो लागेको हो ।
प्रदेशसभाको सोमबार बसेको बैठकले प्रदेश २ ‘मधेश प्रदेश’ नामलाई दुई तिहाइ बहुमतले पारित गरेको छ ।
प्रदेशसभाको बैठकमा भएको मतदानमा मधेश प्रदेशको पक्षमा ८० मत परेको हो । जुन दुई तिहाइ बहुमत हो । १०४ सदस्यीय प्रदेशसभामा सोमबार भएको मतदानमा ९९ मत खसेको थियो ।
साथै यसअघि सोमबार नै प्रदेशसभाले प्रदेशको राजधानी जनकपुरलाई पारित गरेको थियो ।
प्रदेश २ ले नाम पाएपछि अब एक नम्बर प्रदेश मात्र नामविहीन भएको छ ।
सातमध्ये ६ वटा प्रदेशको नामाकरण भइसक्दा प्रदेश १ को भने नामाकरण हुन सकेको छैन । प्रदेश १ को स्थायी राजधानी भने विराटनगर कायम भइसकेको छ ।
२०७६ वैशाख २३ को प्रदेश सभा बैठकले प्रदेशको राजधानी विराटनगर कायम गरेको थियो । मुख्यमन्त्री परिवर्तन भइसक्दा समेत प्रदेशको नामाकरण हुन सकेको छैन ।
देश संघीय प्रणालीमा गएपछि प्रदेश सभामध्ये तत्कालीन प्रदेश ६ ले सबैभन्दा पहिला राजधानी र नाम टुंगो लगाएको थियो ।
उसले आफ्नो प्रदेशको नाम कर्णाली र स्थायी राजधानी वीरेन्द्रनगर कायम गरेको थियो । त्यसपछि प्रदेश चारले आफ्नो नाम गण्डकी र राजधानी पोखरा कायम भएको थियो ।
त्यसपछि प्रदेशन ७ को प्रदेश सभाले आफ्नो प्रदेशको नाम सुदूरपश्चिम र राजधानी गोदावरी, कैलाली हुने तय गरेको थियो ।
प्रदेश ३ ले आफ्नो नाम बागमती र राजधानी हेटौंडा रहने निर्णय गरेको थियो । त्यस्तै, प्रदेश ५ को प्रदेश सभाले प्रदेशको नाम लुम्बिनी र राजधानी दाङ हुने निर्णय गरेको थियो ।
















सिटिजन्स बैंक खुला टेनिस : प्रणव र दर्शिल क्वाटरफाइनलमा
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
सभामुख अर्यालसँग चिनियाँ राजदूतको शिष्टचार भेट
हुलाकबाट घरमै राहदानी वितरण १४ जिल्लामा सुरु, साढे दुई लाख सवारी ‘लाइसेन्स’ ढुवानी
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
प्रतिक्रिया